काठमाडौं । विदेशी नागरिकलाई कानुन बिपरीत कर्मचारी राखेको एनसेलका मानवस्रोत (एचआर) प्रमुख युवराज श्रीवास्तवले आईटी विभागमा कार्यरत विनोद बराललाई जागिरबाट निस्कासन गरेका छन् । होली खेलेको निहुँमा उनलाई निस्कासन गरिएको हो । होलीमा विवाद गरेको निहुँ पारी भारतीय नागरिक श्रीवास्तवले उनलाई निस्कासन गरेका हुन् ।
बराल एनसेलमा स्वतन्त्र मजदुर युनियनमा आवद्ध रहेका थिए । उनले श्रीवास्तवको स्वार्थअनुसार चल्न नमानेपछि होलीको निहुँ पारी श्रीवास्तवले उनलाई निस्कासन गरेका छन् । एनसेलमा एमालेनिकट जिफन्टमा आवद्ध मजदुर युनियनमात्र छ । श्रीवास्तवले एमाले बाहेकको ट्रेड युनियन कांग्रेससँग निकट मजदुर युनियन खोल्न लागेका छन् । नेपाली कांग्रेस निकट युनियन खोलेर आफ्नो स्वार्थ अनुसार चलाउने र एनसेलमा समस्या पैदा गराउने र आफ्नो पल्ला भारी बनाइराख्ने चलखेलमा युवराज लागेका छन् ।
अन्यायपूर्वक निस्कासन गरिएका बराल पुनर्वहालीको माग गर्दै श्रम अदालत जाने तयारीमा छन् । एनसेलमा नयाँ सीईओका रुपमा जब्बोर कयुमोव आएका छन् । नयाँ सीईओ आएपछि श्रीवास्तवले समस्या पैदा गर्ने काम मात्रै गरिरहेका छन् । नयाँ सीईओका सामु समस्या पैदा गर्न र टिकिरहन नयाँ युनियन खोल्ने तयारी श्रीवास्तवले गरेका छन् । पहिलाका सीईओलाई समस्या पैदा गरेरै कब्जामा राखेका भारतीय नागरिक श्रीवास्तवले नयाँ सीईओ आएपछि पनि उनलाई प्रभावमा पार्न नयाँ युनियन खोल्न मजदुर उचाल्ने काम गरेको आरोप छ ।
एनसेलमा कार्यरत भारतीय नागरिक युवराज श्रीवास्तवले नेपालको ऐन कानुनलाई चुनौती दिंदै पर्यटक भिसामा आएका विदेशी नागरिकलाई कर्मचारीका रुपमा काम लगाउँदैआएको बिषयमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले निर्देशन दिंदा पनि उद्योग विभागले बेवास्ता गर्दैआएको छ । एनसेलको उच्च तहमा नेपाली कामदारहरुलाई आउनै नदिन विभिन्न शक्तिकेन्द्रसँग पहुँच देखाउँदै श्रीवास्तवले नेपालको श्रम कानुनलाई चुनौती दिंदै बिदेशीलाई कानुन बिपरीत राखेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend