Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मनकामनामा जन्ती सवार जीप दुर्घटना : पाँच जनाको मृत्यु, १२ घाइते


    शुक्रबार, असार ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । छिरिङकोटबाट बेहुली लिएर आउँदै गरेको जन्ती चढेको जीप आज बिहान करिब ३ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

    शहीदलखन गाउँपालिका( ३ पात्लेखोलामा प्रदेश ३(०१(०२३ च ४४२७ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चार पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते भएका अन्य यात्रुलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार