काठमाडौं । एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयहरुले कक्षा ११ मा भर्ना अभियान सुरु गर्न लागेका छन् । एसईईको नतिजा नआउँदै भर्ना गर्ने उद्देश्यले निजी विद्यालयहरुको छाता संगठन हिसानले बुधबारदेखि शैक्षिक मेलाको आयोजना गर्दैछ । बुधबारदेखि सुरु हुने शैक्षिक मेलाको उद्घाटन चर्चित कलाकार हरिबंश आचार्यबाट गराउन लागिएको छ । महानगरलाई चुनौती दिंदै हिसानका अध्यक्ष रमेश सिलवालले एसईईको नतिजा अगाडि नै भर्ना गर्ने उद्देश्यले शैक्षिक मेला आयोजना गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एसईईको नतिजा नआउँदै भर्ना प्रक्रिया सुरु गर्ने निजी बिद्यायलहरुप्रति के कारबाही गर्लान् ? काठमाडौं महानगरपालिकाका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले भने–‘शैक्षिक मेला हुन लागेको जानकारी पनि महानगरलाई छैन । तपाईले फोन गरेपछि मात्र मैले थाहा पाएँ । शैक्षिक मेला गर्ने स्वीकृति कसले दियो ?’
उनले भने–‘एसर्ईईको नतिजा अघि नै ११ कक्षामा भर्ना गरेको पाइएमा महानगरले त्यस्ता विद्यालयलाई कडा कारबाही गर्छ ।’
शिक्षाबिटमा कलम चलाउने पत्रकार प्रकृति अधिकारीले एसईईको नतिजा नआउँदै भर्ना सुरु गर्ने उद्देश्यले शैक्षिक मेला आयोजना गर्नुलाई निजी विद्यालयको दादागिरीको संज्ञा दिएका छन् । उनले सामाजिक संजालमा मेयर बालेन साहको ध्यानाकर्षण गराउँदै लेखेका छन्–‘२०७९ सालको एसईईको नतिजा सार्वजनिक भएको छैन । तर यो मेला भनेको एसईईको नतिजा सार्वजनिक नहुँदै भर्ना प्रक्रिया थालेको ठहर्छ ।
निजी क्षेत्रको यो दादागिरीले मेयर तपाई(बालेन)लाई परास्त गर्छ वा तपाईँले शिक्षामा देखिएको यो अनियमिततालाई रोक्न सक्नुहुन्छ, अब तपाईँको परीक्षा सुरु भएको छ ।’
नतिजा सार्वजनिक नहुँदै कुनै सञ्चार माध्यमसँग जोडिएर मेला आयोजना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरुले कुन नैतिकताले छुट दिए भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
त्यसैले काठमाडौँ महानगर प्रमुख बालेनजी, तपाईँले केही गर्न सक्नुभयो भने गर्नुभयो, नभए नतिजा अगाडि भर्ना नलिन वा भर्ना गर्ने उद्देश्यले मेला आयोजना गर्न नपाइने नीति मिच्दा पनि रोक्न सक्ने शिक्षा मन्त्रालयका पदाधिकारीहरुमा हैसियत देखिएन ।
मेला आयोजना गर्न काठमाडौँ महानगरपालिकासँग पनि सहमति लिनुपर्ने होला । तसर्थ आमविद्यार्थी, अभिभावक तपाईँको निर्णयको प्रतिक्षामा छन् । तपाइँले मेला रोक्न सक्ने आँट, नैतिकता देखाउनुहुनेछ भन्नेमा सबै विश्वस्त छन् । पत्रकार अधिकारीले लेखेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend