Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • छुट सुविधा नदिने अस्पताल बन्द गराउने मेयर बालेनको चेतावनी


    बुधबार, जेष्ठ १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले कानुनअनुसार छुट नदिने अस्पताल प्रशासन बन्द गराउने चेतावनी दिएका छन् । कानुनअनुसार छुट सुविधा उपलब्ध गराउनेतर्फ स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको भन्दै बालेनले छुट सुविधा उपलब्ध गराउन अस्पताल प्रशासनलाई सात दिनको समयसीमा दिँदै चेतावनी दिएका हुन् ।

    “काठमाडौं महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,” मेयर बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “यदि, मन्त्रीज्यूले सात दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार