काठमाडौँ । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजनालाई पक्राउ गरिएकाे छ ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७ सय ९० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरी रहेका छन् ।
प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तुकाे कपिलवस्तु नगरपालिका-२ तौलिहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-३ देवनगढिया बस्ने २४ वर्षीय आनन्द चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । मोरङ, उर्लाबारी नगरपालिका-३ सुनपकुवा बस्ने २१ वर्षीय निशान धिमाल र सोही नगरपालिका-८ बस्ने २३ वर्षीय निरोज कुमार लिम्बूलाई नियन्त्रित लागूऔषध ट्रमाडोल २ सय २८ क्याप्सुल र स्पासपेन २ सय २८ क्याप्सुलसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
निशान धिमालको घरमा प्रतिबन्धित औषधि ओसारपसार तथा बिक्री भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले प्रयोग गरेको प्र.नं.१-१०१२प१२०५ नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend