Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दमकमा ब्राउन सुगरसहित ५ जना पक्राउ


    सोमबार, असार २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ९ बजे उनीहरूलाई दमक नगरपालिका-१ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    पक्राउ पर्नेहरूमा दमक-१ निवासी २० वर्षीय शैलेश कुमार मगर,सोही ठाउँका २३ वर्षीय एनोस राई, दमक-२ निवासी २८ वर्षीय मदन बहादुर मगर, सोही ठाउँका २५ वर्षीय हेम श्रेष्ठ र दमक-६ निवासी २० वर्षीय अन्जान मगर रहेका छन् ।

    उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका पाँचैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार