Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विभिन्न प्रकारका लागुऔषधसहित १२ जना पक्राउ


    शुक्रबार, असार ८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। विभिन्न प्रकारका लागुऔषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरूलाई लागुऔषध विशेष ब्यूरोले शुक्रवार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा पाँच जना विदेशीसमेत छन् ।

    उनीहरूबाट लागुऔषध एलएसडी दश हजार १३१ पिस, कोकिन ३.७ ग्राम, चरेश ६.८६० किलो, खैरो हिरोइन सय ग्राम, गाँजाको धुलो करिब पाँच किलो, कोकिन १६ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

    ब्यूरोका अनुसार उनीहरूको साथबाट एक लाख ३९ हजार भारतीय रुपैयाँ, सात सय यूरोसमेत बरामद गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार