Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जीप दुर्घटना हुँदा चालकको मृत्यु, सात घाइते


    सोमबार, बैशाख ४ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेका छन् ।

    दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग१ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट एक सय आठ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    जीप दुर्घटनामा मोतीकला भुजेल, बबिता भुजेल, कल्पना भुजेल, आरभ भुजेल, रुसिका थापा, तिलकुमारी थापा र हेमकुमारी भुजेल घाइते भएका छन् ।

    घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा र अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार