Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जसपाको औपचारिक निर्णय


    शनिबार, फाल्गुन १३ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

    शुक्रबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिए ।

    ‘आठ दलको सहमति अनुसार कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ, पार्टीवाट उपराष्ट्रपति को हुने त्यो भने टुंगिएको छैन’ उनले भने ।

    शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै बसेको जसपाको बैठकले समर्थन गर्ने औपचारिक निर्णय गरेको हो । कांग्रेस उम्मेदवारलाई औपचारिक रुपमा समर्थन गर्ने जसपा नेपाल पहिलो पार्टी हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार