काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा संयुक्त मोर्चा बनाएर एउटै चिन्हमा लड्नको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव गरेका छन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको हो ।
ललितपुरको हात्तीवनस्थित प्रचण्डको भान्जाको घरमा भेटवार्ता भएको हो । भेटमा आगामी आम निर्वाचनमा मोर्चा बनाएर जाने बारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भेटका क्रममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी मोर्चा बनाउने बारे छलफल गरिरहेको बेला नेपाल समाजवादी पार्टी पनि उक्त मोर्चामा सहभागी हुने प्रस्ताव बैठकमा डा. बाबुराम भट्टराईले गरेका छन् ।
उनले आगामी चुनावमा संयुक्त मोर्चा बनाएर एउटै चुनाव चिन्हमा निर्वाचनमा सहभागी हुनेबारे प्रस्ताव गरेको बुझिएको छ ।
एउटै चुनाव चिन्ह बनाउनेबारे गठबन्धनमा रहेका र मोर्चामा सहभागी हुन सक्ने अन्य दलका नेतासँग पनि छलफल गर्ने निष्कर्षमा तीन नेताहरू पुगेको बताइएको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend