Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सूर्य बिक्री हुने चिन्ह हो, ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम गर्न दिएजस्तो गर्न मिल्छ?- भीम रावल


    बिहिबार, बैशाख १ २०७९
    930
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग  गरिएकाे चुनावी तालमेलका बारे प्रश्न उठाएका छन्।

    विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिन्हमा लड्ने तर जितेपछि सम्बन्धित पार्टीमै आवद्ध हुने भन्दै गरिएको सहमतिप्रति रावलले प्रश्न उठाएका हुन् ।

    एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग पाँच बुँदे सहमति गर्दै सूर्य चिन्हमा उम्मेदवार उठाएर चुनावी तालमेल गर्ने निर्णय गरेकाे थियाे ।

    ‘चुनाव चिन्ह विक्री हुने व्यवसायिक चिन्ह हो?,’ रावलले प्रश्न गरेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम गर्न दिएजस्तो गर्न मिल्छ?’

    निर्वाचन ऐन २०७३ मा ‘उम्मेदवारलाई चिन्ह दिइसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन। त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुन्छ’ भन्ने लेखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार