Nepal Face
  • बुधबार, १० मंसिर २०८३
  • श्रीमान बैदेशिक रोजगारीमा कमाउन ब्यस्त, सम्पत्ति लिएर श्रीमती टाप कसिन्


    बुधबार, मंसिर १० २०८३
    15
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • हेटौंडा । आर्थिक जोहो गरेर परिवारलाई सुख दिने उद्देश्यले बैदेशिक रोजगारीमा रहेका श्रीमानको कमाई लिएर श्रीमती सम्पर्कबिहीन भएकी छन् ।

    मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारबाट परिवारलाई सुख दिनका लागि बैदेशिक रोजगारीमा रहेका श्रीमान मोतिलाल रुम्बाले दुःखजिलो गरेर कमाएको पैसा लिएर श्रीमती गीता रुम्वा बेपत्ता भएकी हुन् ।

    बर्ष दिनअघि रोजगारीका लागि क्रोएशिया गएका मोलीलालले कमाएको ७ लाख रुपैयाँ नगद, १ दशमलब ५ तोला सुन र १० धुर जमिनसहित गीता (मंसिर ८ गते) बुधवारबाट परिवारबाट सम्पर्कबिहीन भएकी हुन् ।

    दुई सन्तानकी आमा रहेकी गीताले २ बर्षीया छोरीलाई सँगै लगेकी छन् भने छोरालाई घरमै छोडेर हिंडेको जेठाजु नमराज रुम्बाले बताए । बेपत्ता भएकी गीताको अन्तिम लोकेसन भीमफेदी बसपार्क देखाएको र पछि मोवाईल अफ गरिएको उनले जानकारी दिए ।

    परिवारबाट बेपत्ता भएको जानकारी प्रहरीलाई गराइसकेको उनले बताए । परिवारबाट बेपत्ता भएकी गीताको बारेमा जानकारी हुने र देख्नेले परिवारको नम्बर वा प्रहरीमा खबर गर्न आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार