वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सवारी व्यवस्थापन सेवा शुल्क सङ्कलनसम्बन्धी ६ करोडभन्दा बढीको ठेक्का प्रकरण विवादमा परेको छ ।
न्यूनतम कबोल रकमभन्दा करिब २ करोड ९५ लाख रुपैयाँ बढी प्रस्ताव गरी ठेक्का सकार गरेको सुमित एन्ड अमित कन्स्ट्रक्सनले सम्झौता गर्ने बेला आफ्ना कागजात चोरी गरेर ठेक्का सकार गरिएको दाबी गर्दै रद्दको माग गरेपछि कम्पनीको भूमिकामाथि प्रश्न उठेको हो ।
महानगरपालिकाले उक्त ठेक्काका लागि ३ करोड ७० लाख ८७ हजार ७१० रुपैयाँ न्यूनतम रकम निर्धारण गरेको थियो । तर कम्पनीले ६ करोड ६६ लाख ६६ हजार ८१ रुपैयाँ कबोल गरी ठेक्का हात पारेको थियो । ठेक्का सम्झौताका लागि महानगरपालिकाले २०८३ असोज २३ गते उपस्थित हुन सूचना जारी गरेपछि कम्पनीले असोज २६ गते कागजात चोरी गरी ठेक्का सकार गरिएको दाबी गर्दै ठेक्का रद्द गर्न निवेदन दिएको बताइएको छ ।
ठेक्का सकार गर्ने प्रक्रियामा सहभागी भएर सबैभन्दा बढी रकम कबोल गरेको कम्पनीले सम्झौताको समय आएपछि मात्रै कागजात चोरीको विषय उठाउनु आफैँमा प्रश्नयोग्य देखिएको छ । अझ कम्पनीको दाबीअनुसार कागजात चोरी भएको हो भने ती कागजात कहिले, कहाँ र कुन परिस्थितिमा चोरी भए ? चोरीको घटनाबारे प्रहरीमा लिखित उजुरी दर्ता गराइएको थियो कि थिएन ?
कागजात हराएपछि वा चोरी भएपछि सम्बन्धित निकायमा प्रतिलिपि माग गरिएको थियो कि थिएन ? यी आधारभूत प्रश्नको जवाफ अहिलेसम्म सार्वजनिक भएको छैन । कागजात चोरीको दाबी गर्ने कम्पनीले त्यसलाई पुष्टि गर्ने प्रमाण र घटनाक्रम स्पष्ट पार्नुपर्ने देखिन्छ ।
यस प्रकरणमा ४० लाख रुपैयाँ धरौटीको विषय पनि चासोमा छ । ठेक्का सकार गरेर निर्धारित समयमा सम्झौता नगरेको अवस्थामा बोलपत्रका सर्त र प्रचलित कानुनी व्यवस्थाअनुसार धरौटी जफत हुनसक्ने भए पनि कागजात चोरीको आरोप र त्यससँग सम्बन्धित प्रमाणको मूल्याङ्कन नगरी निष्कर्षमा पुग्न मिल्दैन ।
अब महानगरपालिकाले कम्पनीको निवेदनमाथि मात्र निर्णय गरेर पुग्दैन । बोलपत्रमा पेस गरिएका कागजात, हस्ताक्षर, कम्पनीको आधिकारिक निर्णय र प्रतिनिधिको भूमिकासमेत छानबिन गरी सार्वजनिक गर्नुपर्छ ।
६ करोड ६६ लाख रुपैयाँको ठेक्का सकार गर्ने कम्पनी सम्झौताको मुखमा किन पछि हट्यो ? कागजात चोरी भएको दाबीको प्रहरी अभिलेख कहाँ छ ? चोरी भएका भनिएका कागजातको प्रतिलिपि मागिएको थियो कि थिएन ? र, यसबाट महानगरपालिकाको सार्वजनिक राजस्वमा पर्नसक्ने असरको जिम्मेवारी कसले लिने ? यी प्रश्नको तथ्यपूर्ण जवाफ अब वीरगञ्ज महानगरपालिकाले दिन आवश्यक छ ।
काठमाडौं । पाँच बर्षअघिदेखि अलपत्र इलाम–झापा फास्ट ट्रयाक (केचना–कञ्चनजंघा सडक) को बेलासे–रक्से–गोलाखर्क खण्डको ठेक्का तोड्ने सरकारी निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको...
काठमाडौं । बिशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)को कार्यकारी निर्देशकका लागि पुनः विज्ञापन आह्वान गरिएको छ । २०८३ कात्तिक २१ गते २१ दिनको म्याद दिएर कार्यकारी...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका निवर्तमान सचिव डा. रोशन पोखरेलले पद सम्हालेपछि खरिद प्रक्रियामा जोड दिई आफ्ना नजिकका स्वास्थ्य सामग्री तथा उपकरण...
काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाहरुको संगठन स्वास्थ्य ब्यवसायी महासंघका अध्यक्षसमेत रहेका कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गएको असोज २७ गते...
काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदका बारेमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेका समाचार बारम्बार आइरहेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend