काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीसहित २४ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
मेयर त्रिपाठीसहित २४ जनालाई शुक्रबार काठमाडौंको म्हैपीस्थित एक घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा ९ लाख ६० हजार रुपैयाँ भन्दा बढी नगदसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले जुवाखालबाट नेपाली नगद रु. ९ लाख ६० हजार ५ सय रुपैया), अमेरिकी डलर ४ सय ६० भारतीय रुपैयाँ ५ सय र कौडा थान १६ सहित नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई जुवा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जुवा खालबाट पक्राउ पर्नेहरुमा निरज निरौला, बसन्त अधिकारी, जयराम पाण्डे, शिव भट्ट, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कडेल, माधव बिष्ट, सन्दिप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्दराज त्रिपाठी र शालिग्राम वाग्ले रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
जुवाखालबाट प्रहरीले नियन्त्रणमा लिएकाहरुको सूची

काठमाडौँ । नेपाल प्रहरीको सरुवा प्रणालीलाई पारदर्शी, पूर्वानुमानयोग्य र व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गरेको...
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाबाट प्रहरीले लागू औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले तारकेश्वर नगरपालिका–५ स्थित...
काठमाडौँ । खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख रुपैयाँ जरिवाना...
काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनका आधारमा जिल्ला अदालतले मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि...
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ। अपराध अनुसन्धान विभागका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend