Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • नयाँ आईजीपीद्वारा केही एसपी र डीएसपीको काजसरुवा, कर्मचारी प्रशासन, प्रबन्ध र लेखामा को–को आए ?


    बुधबार, मंसिर ३ २०८३
    5
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षकमा नियुक्ति भएको १५ दिनभित्रै डा. मनोजकुमार केसीले नेपाल प्रहरीका महत्वपूर्ण मानिने कर्मचारी प्रशासन, लेखा र प्रबन्धमा सेटै परिवर्तन गरेका छन् । सचिवालयमा आफूनिकट एसएसपी प्रवीण पोखरेललाई ल्यााएका आईजीपी केसीले कर्मचारी प्रशासन, केन्द्रीय लेखा र प्रबन्धमा पनि नयाँ डीएसपीलाई ल्याएका छन् ।

    प्रहरी प्रधान कार्यालयले तीनजना एसपीसहित आठ जना डीएसपीको काज सरुवा गर्ने निर्णय गरेको छ ।  प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखामा कार्जीकुमार आचार्यलाई ल्याइएको छ । उनी सिन्धुपाल्चोकका एसपीमा कार्यरत थिए । कर्मचारी प्रशासन शाखामा कार्यरत निरञ्जनदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ ।

    त्यस्तै, एसपी सुदीप पाठकलाई प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोमा सरुवा गरिएको छ । डीएसपीतर्फ केन्द्रीय लेखामा विश्वराज अधिकारी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा तर्कराज पाण्डे र कर्मचारी प्रशासन शाखामा दानबहादुर थापालाई ल्याइएको छ ।

    कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पठाइएको छ ।

    यसैगरी, अछाममा कार्यरत डीएसपी पविन्द्र बमलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालतस्थित सुरक्षा कार्यालयमा जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार