Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन सुरक्षाका लागि ३१ एसएसपी र ४६ एसपीलाई जिल्लामा खटाइयो


    बिहिबार, फाल्गुन १४ २०८२
    550
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले एसएसपीसम्मका अधिकारीलाई फिल्डमा खटाएको छ ।

    बुधबारदेखि ३१ एसएसपी र ४६ एसपीलाई विभिन्न जिल्लाको जिम्मेवारी दिएर प्रहरी प्रधान कार्यालयले खटाएको हो । दुई जिल्लासम्मको समन्वय गर्ने गरी उनीहरु खटिएका हुन् ।

    उपत्यकाका तीन जिल्लामा मात्र थप पाँच एसएसपीलाई फिल्डमा खटाइएको छ । धेरै एसएसपी तराईका जिल्लामा खटिएका छन् ।
    एसपीहरु धेरै पहाडी र हिमाली जिल्लाको समन्यका लागि खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    थप मद्दतका लागि काठमाडौं उपत्यकाबाट १३ हजार प्रहरीलाई बाहिरको जिल्लामा खटाइएको छ । ४४ डीएसपी र ११० जना इन्स्पेक्टरलाई दुई साताअघि नै जिल्लामा खटाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार