Nepal Face
  • शनिबार, २४ असोज २०८३
  • कांग्रेस सभापतिमा गगन थापा भारी मतले विजयी


    शनिबार, असोज २४ २०८३
    65
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापा सभापति पदमा भारी मतले निर्वाचित भएका छन् ।

    काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनाको नतिजाअनुसार थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन् ।

    थापा ९३.८८ अर्थात् करिब ९४ प्रतिशत मत प्राप्त गरी सभापतिमा बिजय भएका छन् । सभापति पदका अर्का प्रत्याशी श्यामकृष्ण खड्गीले भने ३ सय ७५ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार थापा र खड्गीबीचको प्रतिस्पर्धामा थापाले भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।

    कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेका थिए । तीमध्ये ७ हजार ३९ जनाले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए । खसेको मतमध्ये ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

    निर्वाचन परिणामसँगै थापा नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित भएका छन् ।

    थापा गएको फागुनमा भएको नेपाली कांग्रेसको दोस्रो बिशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार