Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • एकपछि अर्को विवादितलाई नियुक्ति गर्दै स्वास्थ्य मन्त्री मेहता, आयुर्वेद बिभागमा रजगज गरेका थापा बैद्यखानाका अध्यक्ष !


    शुक्रबार, असोज २३ २०८३
    310
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । आयुर्वेद बिभागमा १ दशकभन्दा बढी समय आकर्षक महाशाखामा कार्यरत रही अवकाश पाएका डा. (कविराज) मुनकर्ण थापा सिंहदरबार बैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले थापालाई बैद्यखानाको अध्यक्ष बनाएकी हुन् । दशौं तहबाट गतबर्षमात्र अवकाश पाएका मुनकर्ण आयुर्वेद बिभागमा कार्यरत रहँदासम्म नेपाली कांग्रेसनिकट मानिन्थे ।

    अवकाशलगत्तै गएको फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बहुमतका साथ सरकार बनाएपछि थापा नियुक्ति पाउन उक्त पार्टीको निकट हुन पुगे । नाताले भाइ पर्ने कृष्ण थापा रास्वपा ओखलढुंगाका सभापति भएपछि त झन् मुनकर्णका लागि राजनीतिक नियुक्ति पाउन झन् सहज भएको बताइन्छ । उनका अर्का भाइ राजेश थापा कानुन मन्त्रालयका उपसचिव पदमा कार्यरत छन् । अहिले सडक बिभागमा सरुवा भएका उनी माओवादीनिकट हुँदै पछिल्ला दिनमा रास्वपाका निकट भइसकेको स्रोत बताउँछ ।

    कांग्रेसकै आशीर्वादमा मुनकर्ण आयुर्वेद बिभागमा रहँदा खरिद हेर्ने महाशाखाको प्रमुख रहँदैआएका थिए । औषधि, उपकरण र अस्पतालका स्वास्थ्य सामग्री खरिददेखि कार्यालयका लागि आवश्यक मसलन्द लगायतका खरिदमा सेटिङ मिलाउने महत्वपूर्ण भूमिका रहेका पात्र हुन् मुनकर्ण ।

    औषधि र उपकरण खरिदमा अग्रिम मोलमोलाई गरी निश्चित आपूर्तिकर्ता कम्पनीसँग सेटिङ मिलाएपछि मात्र टेण्डर आह्वान गर्ने गरेको आरोप उनीमाथि लाग्ने गरेको थियो । मुनकर्णले बिभागमा रहँदा खरिद गरेका ठूला खरिदका फाइलहरु छानबिनकै क्रममा रहेका छन् ।

    दैनिक आवश्यक पर्ने सामग्री सेटिङका ठेकेदारमार्फत् खरिद गरेका सामग्री तौलियादेखि भाँडाकुँडासम्म आफ्नो घरमा लैजाने गरेको आरोप उनी र तत्कालीन निमित्त महानिर्देशक डा. श्यामबाबु यादवमाथि लाग्ने गरेको छ ।

    यादवले मुनकर्णलाई घरायसी सामान पुर्याउन लगाउँदाको लाभ उनी आफैंले पनि उठाउने गरेका थिए । बुढानीलकन्ठमा रहेको राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको भवन निर्माणकै क्रममा रहँदा कार्यालयलाई आवश्यक पर्ने करोडौंका सामान सेटिङ ठेकेदारबाट खरिद गर्ने क्रममा ठूूलो अनियमितता भएको भन्दै बिभिन्न निकायमा उजुुुरी पनि परेको छ ।

    तत्कालीन महानिर्देशक डा. श्यामबाबु र मुनकर्णको मिलेमतोमा कार्यालय संचालन हुनु एक बर्षअघि नै उपकरण र अन्य सामग्री खरिद गरिएका थिए । ती सामग्रीहरु अहिले केन्द्रमा अलपत्र अवस्थामा छन् । हस्तान्तरण भएको भवन पनि राम्रोसँग संचालन हुनसकेको छैन ।

    भवन निर्माण गर्ने ठेकेदारसँग पटक पटक कमिसन लिने यादव र मुनकर्णको स्वभावका कारण ठेकेदारले गुणस्तरहीन सामग्री पयाृेग गरेको आरोप लागेको छ । तत्कालीन महानिर्देशक डा. वासुदेव उपाध्याय जोसँग बिभागमा रहँदा मुनकर्णको घनिष्ट सम्बन्ध रहेको थियो । नरदेवी अस्पतालमा मुनकर्णको सरुवा हुँदा डा. बासुदेवले उनलाई रवाना नदिई संरक्षण गरेका थिए । स्वास्थ्य मन्त्रालयले पटक पटक रवाना दिनू भन्दाभन्दै बासुदेवले थापालाई बिभाग छाड्न रोकेका थिए ।

    पछि वासुदेवले मन्त्रालयमा सेटिङ गरेर मुनकर्णको सरुवा बदर गराई आयुर्वेद बिभागमै कायम गराएका थिए । वासुदेवका सेटिङका काम मुनकर्णले गरेकाले उनको सरुवा बदर भएको चर्चा स्वास्थ्य मन्त्रालयम हुन गरेको थियो ।

    आयुर्वेदको चिकित्सकको दरबन्दीमा झन्डै डेढ दशक आयुर्वेद बिभागको खरिदमा बसी लाभ लिनेमा मुनकर्ण पहिलो नम्बरमा पर्ने भाग्यमानी हुन् । डा. बासुदेव जो अहिले बैद्यखानाको अध्यक्ष छनोट समितिका सदस्य समेत थिए, उनको समेत जोडबलमा थापाको नियुक्ति भएको बताइन्छ ।
    डा. प्रदीप केसी जो आयुर्वेद बिभागको महानिर्देशक थिए, त्यो समयमा मुनकर्ण बिभागमै थिए ।

    केसीले मुनकर्णलाई खरिद हेर्ने भूमिकाबाट अलग गर्न खोज्दा उनीहरुबीच मनमुटावसमेत भएको थियो । आफैं मातहत कार्यरत जुनियर र आर्थिक मामिलामा अपारदर्शी उनै थापा बैद्यखानाको अध्यक्ष भएपछि कार्यकारी निर्देशक केसीसमेत अन्योलमा परेका छन् । बैद्यखानालाई कायापलट गर्ने गरी सुधार अभियानमा अगाडि बढेका डा. प्रदीपलाई मन्त्री मेहताले मुनकर्णजस्तालाई अध्यक्ष बनाएपछि बैद्यखानाको प्रगतिमै अवरोध आउने चिन्ता आयुर्वेद जगतले गरेको छ ।

    रास्वपा नेता डा. अमरेश सिंहले स्वास्थ्य मन्त्रालय मातहतका महत्वूर्ण राजनीतिक नियुक्तिमा मधेशलाई पूरै उपेक्षा गरिएको पटक–पटक आवाज उठाए पनि स्वास्थ्य मन्त्रालय अन्तर्गत ब्यवस्थापन महाशाखा, बिभागको डीजीदेखि सबैतिर यस्तै विवादित र आर्थिक अपचलनमा मुछिएकाहरुलाई एकपछि अर्को नियुक्ति दिंदैआएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार