काठमाडौं । एघारौं तहका प्रमुख रहने मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका निकायमा विगत ३ महिनादेखि सातौं तहका कर्मचारीका भरमा संचालित छन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले दरबन्दी अनुसारका कर्मचारी नखटाई सातौं तहका कर्मचारी राखी सेटिङमा ठेक्कापट्टादेखि बिभिन्न काम गराएको आरोप छ ।
मुख्यमन्त्री यादव र स्वास्थ्य मन्त्री साहले ११ औं तहको दरबन्दी भएका निकायमा सातौं तहका कर्मचारीलाई प्रमुखको जिम्मा दिएर सुशासनको खिल्ली उडाएका छन् ।
बिगत ३ महिनादेखि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सातौं तहका कर्मचारी प्रमुख छन् । जबकि प्रदेशको प्रयोगशालामा एघारौं तहको दरबन्दी हो । दसौं र एघारौं तहका कर्मचारीलाई जिल्लामा खटाएर सातौं तहका ल्याब टेक्निसियन गुणानन्दप्रसाद साहलाई तीन महिनादेखि निर्देशकको जिम्मेवारी दिइएको छ । नवौं तहका सिनियर ल्याब समूहका मृत्युञ्जयप्रसादलाई सर्लाहीमा गैरकानुनी काजमा खटाइएको छ । सर्लाहीको ल्याबमा ८ औं तहको कर्मचारीको दरबन्दी छ । तर नवौं तहका कर्मचारीलाई खटाइएको छ ।
११ औं तहको दरबन्दी भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ७ औं तहका ल्याब टेक्निसियनलाई निर्देशक बनाएर मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीले ऐन–नियमको धज्जी उडाएका छन् । मृत्युञ्जयले गैरकानुनी काज फिर्ता गरिदिन पटक–पटक निवेदन दिंदा पनि काजफिर्ता भएको छैन । ९ र १० तहको कर्मचारीको खटनपटनको अधिकार मुख्यमन्त्री कार्यालयको क्षेत्रभित्र पर्दछ ।
दरबन्दी अनुसारको कर्मचारी खटाउनुपर्ने, दरबन्दी अनुसारको कर्मचारी नभए सिनियरलाई खटाउनुपर्ने दायित्व मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव प्रमोदकुमार यादवको हो । तर सचिव यादवले समेत ऐन–नियम पालना नगरी ११ औं तहको दरबन्दी भएको जनस्वास्थ्य प्रयोगशालामा सेटिङमा सातौं तहका साहलाई निर्देशकको जिम्मा दिएका छन् । सिनियर कर्मचारीलाई जिल्लामा दरबन्दी नै नभए पनि गैरकानुनी काजमा पठाउने काम सचिव यादवले गरेको आरोप छ ।
त्यस्तै, मधेश प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रको निर्देशक पनि ११ औं तहको कर्मचारी हुने ब्यवस्था छ । ११ औं तहका जनरल हेल्थ समूहका डा. सुनिल कुशवाहालाई काजमा सिरहा अस्पतालमा खटाइएको छ । र, आपूर्ति केन्द्रमा सातौं तहका फार्मेसिष्टलाई ३ महिनादेखि निमित्त निर्देशकका रुपमा राखिएको छ । प्रदेशमा समूह मिले पनि समूहमा काम गर्न दिइँदैन । मधेश प्रदेशमा ११ औं तहका ४ जना, ९ र १० औं तहका २० जना हुँदा पनि संवेदनशील पद प्रदेश ल्याबमा र प्रदेश आपूर्ति केन्द्रमा सात तहका निमित्त निर्देशक ३ महिनादेखि कार्यरत छन् ।
त्यसैगरी, मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा एक महिनाभन्दा बढी समयदेखि निर्देशक पद रिक्त छ । त्यहाँ निमित्त प्रमुखको जिम्मेवारी पनि कसैलाई दिइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार मिटरब्याजीमाथि कडा कारबाहीमा उत्रिएको छ । सरकार एक्सनमा उत्रिन लागेपछि मिटरब्याजका नाइकेहरु एकपछि...
काठमाडौं । बाचापत्रमा बिचौलियामुक्त शासन गर्ने उल्लेख गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को शासनकालमा नियुक्ति, सरुवा र बढुवामा बिचौलियाहरु हावी हुन थालेका छन् । यसको उदाहरण...
काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेशमार्फत् संघीय निजामती सेवा ऐनमा संशोधन गरी ५५ बर्ष उमेर र ३० बर्षे सेवावधिका आधारमा अवकाशको प्रावधान राखेर...
काठमाडौं । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिरिषदको कार्यालयले सो प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायबाट विगत ७ बर्षमा मिलेमतोमा खरिद गरिएका स्वास्थ्य...
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend