काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ । र, कविन्द्र कार्कीलाई कोषाध्यक्षमा मनोनीत गरिएको छ । कीर्तिपुरका कविन्द्र कार्की रास्वपाका स्थानीय नेता हुन् । सर्वाधिक रक्तदान गर्ने कर्माचार्यले रेडक्रसमा अनियमितताको बिरोध गर्दैआएका छन् ।
अध्यक्ष बिशालकुमार भण्डारी र महामन्त्री ऋषिरमण खनालले रेडक्रसबाट हटाइएका उपनिर्देशक दीपक घिमिरेलाई ४० लाखभन्दा बढी सेवा सुविधा दिने निर्णयदेखि कतिपय बिषयमा असहमति राख्दैआएका थिए ।
रकम धेरै भएको र यो भुक्तानी दिंदा भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न सक्छ, दिनुहुँदैन भन्दैआएका कर्माचार्यलाई कोषाध्यक्षबाट हटाइएको छ ।
कर्माचार्य रेडक्रस अभियानमा लामो समयदेखि जोडिएका र सर्वाधिक रक्तदान गर्ने रक्तदाता भएकाले उनलाई समाजकल्याण मन्त्रालयले कोषाध्यक्ष बनाउने निर्णयलाई सबैले उचित मानेका थिए । तर नियम कानुन बिपरीतको रकम भुक्तानी दिन नमिल्ने भनेपछि अध्यक्ष भण्डारी र महामन्त्री खनालले उनलाई हटाएको आरोप छ ।
रेडक्रसमा करारमा जागिर खाएका घिमिरेको करार भंग गरेपछि उनले श्रम अदालतमा मुद्दा दायर गरेका थिए । श्रम अदालतबाट घिमिरेको पक्षमा आदेश आएपछि रेडक्रस सोसाइटीले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । तर बिशाल भण्डारी र खनालले सर्वोच्चको मुद्दा फिर्ता लिएर दीपक घिमिरेको सबै सुविधा दिने निर्णय गराउन खोजेका थिए । तर कर्माचार्यले असहमति राखेपछि उनैलाई पदबाट हटाइएको छ ।
राजनीतिक हस्तक्षेपको बिरोध गर्दै एमाले, नेकपा समाजवादी हुँदै उज्यालो नेपाल पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका विशालकुमार भण्डारीलाई नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको अध्यक्ष बनाएको थियो । तर भण्डारी आएपछि रेडक्रसलाई एकपछि अर्को गरी राजनीतिक भर्तिकेन्द्र बनाएका छन् ।
भक्तपुरमा निर्वाचित जिल्ला समिति भंग गरी रास्वपाका जिल्ला सदस्यलाई अध्यक्ष बनाएका भण्डारीले रेडक्रसलाई पार्टीको भर्तिकेन्द्र बनाउने क्रमलाई निरन्तरता दिएका छन् ।
कर्माचार्य पनि गएको चुनावअघि सुशासन कायम गर्ने, सामाजिक संघसंस्थामा राजनीतिक हस्तक्षेप नगर्ने अपेक्षाका साथ रेडक्रसमा लागेका थिए । उनलाई रास्वपाले रेडक्रसको कोषाध्यक्ष बनाएकोमा रेडक्रसकर्मीले सही निर्णय मानेका थिए । तर राजनीतिकरणको बिरोध गर्दैआएको रास्वपाले रेडक्रसलाई रास्वपाको भर्तिकेन्द्र बनाएको, बिधिबिधानबिपरीत निर्णय गरेकोमा उनले त्यसको बिरुद्ध अडान राख्दैआएका थिए ।
कर्माचार्य प्रख्यात सामाजिक कार्यकर्ता, अभियन्ता र नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन् । उनी नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर कीर्तिमान बनाएका व्यक्ति तथा रक्तदाताका रूपमा परिचित छन् ।
काठमाडौँ। टीकापुर घटनामा नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई आममाफी दिने सरकारी निर्णयविरुद्धको रिट खारेज भएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र...
काठमाडौं । सर्वोच्च अदालतले भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाललाई अदालतमा...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी लिएका छन्। मन्त्रीद्वयले मंगलबार मौसम पूर्वानुमान महाशाखाको भ्रमण गरी...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कम्युनिस्ट घटकसँग एकताको पहल गर्न वार्ता समिति गठन गरेको छ। मंगलबार बसेको नेकपको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता...
काठमाडौँ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend