पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी कैलालीको अत्तरियामा छ । अहिलेको ग्यासको चरम अभाव कसरी भयो भन्ने विषयमा उहाँसँग नारायणप्रसाद शर्माले शुक्रबार गरेको समसामयिक कुराकानीः
तपाई एलपी ग्यास उद्योग संघको अध्यक्ष भएका नाताले ग्यास अभाव हुनुको कारण के हो ?
यो विषयमा म सुरुदेखि नै बताउँछु । नेपालमा ग्यास अभाव भएको गत मंसिर/ पुसदेखि नै हो । भारतमा केही रिफाइनहरु मेन्टेनेन्समा गएका थिए । नेपालमा बरौनीबाट एलपी ग्यास आउने गर्छ । त्यहाँबाट नेपाल आइपुग्न दुई दिन लाग्छ । त्यहाँ मेन्टेनेन्समा गएपछि पाराद्धिपमा पठाइयो जुन ठाउँ उडिसामा पर्दछ । त्यहाँबाट काठमाडौं आइपुग्न ६/७ दिन लाग्छ ।
त्यसै क्रममा अमेरिका र इरानको युद्ध सुर भयो । यसरी स्टेट अफ हर्मुजको बाटोले अवरोध गरेपछि नेपालमा चरम हाहाकार भयो । यसरी फागुन महिनामा चरम अभाव भएपछि हाम्रो अनुरोधमा फागुनको २७ /२८ मा आधा सिलिण्डर ग्यास भरेर दिने निर्णय गराइयो । जुन १५ दिनका लागि मात्रै भन्ने लिखित सम्झौता थियो ।
आधा सिलिण्डर गराउनुको कारण पनि कसैले कत्ति पनि ग्यास नपाएकाहरुले आधा भए पनि ग्यास पाउन भन्ने हो । सबैका सिलिण्डर पनि भरिए । ग्यास आइरहेकै थियो । सबै ग्यास बुलेट भरी थिए, अनलोड गर्ने ठाउँ नै थिएन । भारतीय बोर्डरमा अनलोड गर्न नपाएर डेढ सय बुलेट थन्किएको नेपाल आयल निगमले अनुगमनले पनि देखाएको थियो ।
भारतीय संचारमाध्यम आजतकले पनि भारतमा ग्यासको चरम अभाव रहँदारहँदै नेपालमा ग्यासको अनलोड गर्ने ठाउँसमेत नभएको कारण बुलेटहरु लाइनमा छन् भन्ने समाचार प्रकाशन गरेको थियो । त्यसपछि हामीहरु भरी सिलिण्डरमा जानुपर्छ भन्ने थियो । स्टक पनि हामीसँग पर्याप्त नै थियो ।
गाडीहरु पनि अनलोड भएको छैन । सुरुमा गाह्रो भए पनि केही दिनमा व्यवस्थापन गर्न सक्छौ भन्यौं । तथापि सरकारले सुनिदिएन । हामीले नेपाल आयल निगम र मन्त्रालयमा कुरा गरेका थियौं । हुन्छ हुन्छ भन्दा भन्दै असारको ३०/३१ गते मात्रै निर्णय भयो । जति बेला हामी कहाँ स्टक पनि सिद्धिइसकेको थियो । हामीले डिलरहरुलाई किन ग्यास भर्दैनन् भन्दा आधा सिलिण्डर किन्नुको साटोभरी सिलिण्डर कहिले आउँछ भन्नेको संख्या धेरै छ भन्ने गरेका थिए । हामीले पूरा सिलिण्डर भर्नुपर्छ भन्ने समयमा संसदीय समितिमा बैठक थियो ।
सबैजना १४.२ अर्थात् भरी सिलिण्डर ग्यास आउँदैमा खुशी नहुनुस् यो सहज हुन चाँडोभन्दा चाँडो ग्याँस आउने व्यवस्था मिलाएपनि दुई महिना लाग्छ । यो असहज एकै पटक भएको होइन साथै सहज पनि एकैसाथ हुँदैन । किनकि ग्यास शतप्रतिशत थप गरी दिने भने पनि ल्याउने हाम्रो कुनै शक्ति छैन । पहिला त भारतीय आयल कर्पोरेशनले शत प्रतिशत थप गरी दिन पनि सक्तैन । जत्ति ठूलो बैंक भए पनि एक साथै डिपोजिटरहरु पैसा लिन गएको खण्डमा बैंकले त दिन सक्तैन । यसरी एकसाथ खाली सिलिण्डरहरु भर्न ल्याइयो, कसरी समस्या समाधान हुन्छ ।
० भारतीय बोर्डरमा अनलोड गर्न नपाएर डेढ सय बुलेट थन्किएको नेपाल आयल निगमले अनुगमनले पनि देखाएको थियो ।
० यो अवस्था आउँछ भनेर सरकारलाई पहिला नै जानकारी दिएका थियौं । त
० जतिबेला आफूसँग स्टक थियो त्यसको प्रयोग गरे तर, आधा सिलिण्डर भर्न आएनन् ।
० उहाँ (मन्त्री गौरी यादव) ले भन्नुभयो ‘तपाईहरुलाई नथुनीकन ग्यास नआउने भयो ।’
० हाम्रो देशमा परीक्षणका लागि ल्याव नै छैन ।
भारतीय आयल कर्पोरेशनमा जान्छौं, जे भरेर दिन्छन् हामी ल्याएर स्टोरको बुलेटमा हाल्छौं, त्यसपछि सिलिण्डरमा भर्छौ, हामीलाई केही थाहा हुँदैन ।
० बजारमा जम्मा ग्यासका कति सिलिण्डरहरु छन् ? कुन ब्राण्डको कुन डिपोबाट कति माग छ भन्ने डाटा छैन ?
हामी जतिबेला भरी सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाउ भनेर जानकारी दियौं र भन्यौं पनि । दुई बर्षअघिको नेपाल आयल कर्पोरेशनको जानकारीमा एक करोड ५२ लाख हो कि ५५ लाख सिलिण्डरहरु छन् । जुन बिलसहित भरिफाई भएका छन् । अहिले पछिल्लो अवस्थामा एक करोड ७५ लाख पुगेको अनुमान छ । अब जति ढिलाई हुन्छ हामीलाई धान्न गाह्रो हुन्छ ।
यो अवस्था आउँछ भनेर सरकारलाई पहिला नै जानकारी दिएका थियौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्टले एक कार्यक्रममा भेट हुँदा भन्नुभएको थियो । ‘तपाईकै समयमा ७.१ केजीमा झारेका थियौं । किन फेरि भरी सिलिण्डर बनाउन सक्नुभएन’ ? उहाँले भन्नुभयो–‘सरकारको नीति नै आधा सिलिण्डर बनाउने छ र त्यसो गर्दा जम्मा ३० हजार मेट्रिक टन आउँछ । खपत ५० हजारको हाराहारीमा हुन्छ । कम खपत गराई बिद्युततर्फ मोडिने अवस्था बनाउनुपर्दछ ।
ग्यासलाई भरी सिलिण्डर बनाएर बढवा दिनुहुँदैन भन्ने नीति नै हो । त्यसैकारण हामीले गरेका होइनौं ।’ तर, अहिलेको हाहाकार हुनुको कारण नै आधा सिलिण्डर गराउँदा ३० हजार मेट्रिक टनमात्रै आयो । होटल र रेष्टुरन्ट पनि नचलेका होइनन् । जतिबेला आफूसँग स्टक थियो त्यसको प्रयोग गरे तर, आधा सिलिण्डर भर्न आएनन् । त्यो समयका डिलरहरु हाई काढेर बसेका थिए ।
चार महिनासम्म कमी भएर आएको ग्यास ५०/६० हजार मेट्रिक टन त्यसलाई उपभोक्ताले रिकभर गर्न खोजिरहेका छन् । अहिले एउटा सिलिण्डर एउटा परिवारमा दिने हो भने कतै पनि ग्यासको अभाव हुँदैन । काठमाडौं उपत्यकामा बढिमा ४० हजार सिलिण्डर दैनिक खपत हुन्छ । अहिले दैनिकजसो ४०/५० हजारको हाराहारीमा ग्यास आइरहेको छ ।
० आयल निगम र उद्योगी मिलेर वितरण गर्दा झनै कालाबजारी भएको देखियो । आयल निगमकै सुरक्षाकर्मीले पनि नेपाल ग्यासको भरी सिलिण्डर पाँच हजार दुई सयमा खरिद गरेको बताएका छन् । आयल निगमले उद्योगीसँग लिएर बितरण गर्दा त टोलेहरुले कालाबजारी गरेको देखियो नि ?
हामी सरकारको नीति अनुसार काम गरेका हौं । हाम्रा मन्त्रालयमा दुई वटा दृष्टिकोणहरु आएका थिए । एउटा हामी कहाँ ल्याएर सात ठाउँमा राखिदिनुहोस् । त्यहीबाट हामीले लाइन लगाएर बेच्छौं । काठमाडौंका प्रमख जिल्ला अधिकारी र मन्त्रीज्यूको त्यो खालको थियो । हामी उद्योगी र मन्त्रालयका बाँकी ब्यूरोक्रेटहरुको चाहिँ विक्रेतामार्फत् जानुपर्दछ । भनेका थियौं । त्यसकारण हामीले केही बोल्ने बित्तिकै सरकारलाई नै असहयोग गरे जस्तो हुन्छ भनेर सहमत भयौं । हामीले त जहाँ जसरी पनि उपलब्ध गराउँछौं तर, हाम्रो राय मान्नुहुन्छ भने विक्रेतामार्फत् दिनुपर्छ भनेका हौं ।
आयल निगम र उद्योगी मिलेर जसरी ग्यास बेचियो । त्यसबाट खुद्रा बिक्रेताले पाउने प्रतिसिलिण्डर ६० रुपैयाँ कस्का भागमा पर्यो त ? जसले प्यान र भ्याटमा दर्ता गरी कर तिरिरहेका छन्, उनीहरुले त कमिसन पाउनबाटै बञ्चित भए नि ?
आयल निगमको मातहतमा सुरुमा यसरी सिधै बिक्री गरियो जुन आयल निगमले टेकूबाट बेचेको थियो । तर, पछि पाँच ठाउँमा प्वाइन्ट बनाएपछि हाम्रो जिद्धीका कारण बिक्रेतामार्फत् वितरण गरिएको थियो । सिधै उद्योगी गएनन् ।
कतिपय उद्योगीहरुले होटलमा सिधै लगेर बेचेका छन् नि ?
हो, यो काम कतिपयले सुरुदेखि नै गरेका थिए । त्यसैकारण बिक्रेताहरुले बिरोध गरिरहेका पनि छन् । तथापि हाम्रो ग्याँस कम्पनीको हात्तिगौडामा डिलर छ । हाम्रो ब्राण्डका ग्यासहरु त्यहिबाट बेचेका थियौैं । एकातर्फ भीड भयो र अर्कातर्फ कम्पनीले सिधै बेच्न थालेको पनि आरोप लाग्यो । त्यसैले एक ठाउँबाट नभएर पाँच ठाउँमा राखी डिलरमार्फत् बेचेका हौं ।
यो ग्यासको वितरणमा ठीक ढंगले भएन भन्दै मन्त्रीले त तपाईंहरुलाई पाता कस्नुपर्छ भन्नुभयो नि, किन असहयोग गर्नुभयो तपाईहरुले ?
हामीले पनि बुझेनौं । तपाईले संसदीय समितिमा उहाँले भनेको सुन्नुभयो । त्यसअघि मन्त्रालयमा एउटा मिटिङ थियो । उहाँले भन्नुभयो ‘तपाईलाई नथुनीकन ग्यास नआउने भयो ।’ ‘हामीलाई थुनेर ग्यास आउने भए थुन्नस भन्यौं ।’
काठमाडौंका सीडीओले भन्नुभयो ‘तपाईहरुको सारा ग्यास राज्यले कब्जामा लिने भयो’ हामीले पनि जहाँ भन्नुहुन्छ त्यही दिनेछौं भन्यौं । तर, ‘हाम्रो सल्लाह मान्नुहुन्छ भने बिक्रीका लागि डिलरमार्फत् जानुपर्छ ।’ मन्त्री र सीडीओको एउटै लाइन र भाषा थियो । फेरि पनि उहाँले भन्नुभयो ‘सरकारलाई तपाईंहरुले असहयोग गर्नुभयो ।’ ‘यो सम्पूर्ण इफोर्ट निजी क्षेत्रको हो ।
हामीले के गर्नुपर्छ भन्नुस भन्यौं ।’ ट्रक हामीले नै खोजेका थियौं । मकवानपुरमा पनि म, गोकुल भण्डारी र शिव दाई (शिवप्रसाद घिमिरे) थियौं । त्यहाँ हामीले २१ टनका गाडी ल्याउने तर, लोड भने १५ टन मात्रै ल्याउने भन्ने थियो । किनकि पुलहरु जिर्ण अवस्थामा छन् । हामीसँगको छलफलमा सडक विभाग र ट्राफिकका अधिकारीहरु पनि थिए । भाडाबापतको मूल्य पनि हामीले नै थपेका हौं ।
तपाईहरुले भाडाबापत जोड्नुभएको मूल्य अहिले घट्यो त ?
यो भाडाबापतको मूल्य आज शुक्रवारबाट घटेको हो ।
तपाईहरुका ग्यास सिलिण्डर पनि गुणस्तरका छैनन् । कतिपय नियमन निकायका अधिकारीहरु अनुगनका लागि आउँदा खामबन्दी बुझाएपछि सबै ठीक हुन्छ भन्ने गरेका छन् नि ? त्यो आरोपबारे अध्यक्षको हैसियतले के भन्नुहुन्छ ?
सिलिण्डरको लाइफका बारेमा गुणस्तर तथा नापतौल विभागमा कानून नै बनेको छ । यदि त्यस्तो अन्य कैफियत देखिएन भने सिलिण्डर पहिलो पटक १० वर्षका लागि बन्छ । जुन सिलिण्डरको पातामै लेखिएको हुन्छ । १० वर्षपछि हाइड्रोलिक परीक्षण हुन्छ । त्यसपछि ठीक भएमा रिपेन्ट गरी पाँच बर्ष थपिन्छ । फेरि तीन वर्ष थपिन्छ । कुच्चिएको र कामै नलाग्ने खालको छ भने हटाउनुपर्छ । जुन मेन्टेनेन्समा जाँदैन ।
हामीले जानसक्ने छ भने उद्योगमा मापदण्ड बनाउँछौं भनेका पनि छौं । निरीक्षणमा जानेहरुले मापदण्ड पुगेको छ कि छैन भन्ने कुरा फिल्डमै लेख्ने गर्नुहुन्छ । उहाँहरुले एक प्रति हामीलाई र अर्को प्रति ल्याएर कार्यालयमा बुझाउनुहुन्छ । मापदण्ड पालना नभएको भए केही दिनभित्र नगरेमा हामी बन्द गर्छौ भन्नुहुन्छ । बन्द पनि भएका छन् ।
केही समयअघि तीन वटा ग्यास कम्पनीका प्रवन्ध निर्देशकलाई एक हप्ताभित्र मेसिन बनाउँ भनेर नियामक निकायबाट आदेश दिएका थिए । त्यसपछि उनीहरुले मर्मत गरेका थिए । यसरी मर्मत गरेपछि बन्द उद्योग खोलदिए ।
अहिले कतिवटा ग्यास कम्पनीहरुले आएपीओ खोलेका छन् ?
हालसम्म कोही पनि आइपीओका लागि गएका छैनन् ।
आइपीओमा जानका लागि १ अर्ब सम्पत्ति भएका ग्यास कम्पनीहरुले रेटिङ कम्पनीलाई प्रभावित पारेर तीन अर्ब बनाई जनतालाई पूरै डुबाउने चालबाजी हुँदैछ भनिन्छ नि ?
अहिले ह्रासकट्टीका कारणले धेरैजसोको ब्यालेन्स सीट नेगेटिभमा छ । कुनै पनि ग्यास उद्योग हालसम्म पनि आइपीओमा गएका छैनन् ।
कतिपय ग्यास उद्योगका मालिकहरुले त नेपालमा अरबौं रुपैयाँ कमाएर अमेरिका र अष्ट्रेलियामा गएर पेट्रोल पम्प खोले भन्ने सुनिन्छ । फाइभस्टार होटलमा पाँच किलोसम्म र अन्य सर्वसाधारणसँग भएका सिलिण्डरमा दुई किलो लेदो रहन्छ भनिन्छ नि ?
राम्रो प्रश्न गर्नुभयो । हाम्रो देशमा परीक्षणका लागि ल्याव नै छैन । हामी बुलेट गाडी लिएर भारतीय आयल कर्पोरेशनमा जान्छौं । त्यसपछि जे भरेर दिन्छन् हामी ल्याएर स्टोरको बुलेटमा हाल्छौं । त्यही सिलिण्डरमा भर्छौं । त्यहाँ ग्यास, हाडड्रोजन, अक्सिजन छ वा पानी हामी केही पनि देखेका हुँदैनौं । किनकि हामीसँग परीक्षण गर्ने ल्याव नै छैन ।
तपाईहरु उद्योगी नभएर थोक बिक्रेता पो हो त । किन उद्योगको सुबिधा लिनुहुन्छ ?
हामीले उद्योगको केही पनि सुबिधा लिएका छैनौं । भारतीयको भाषामा यसलाई बोटलिङ प्लाण्ट भनिन्छ । बाध्यताले उद्योगमा दर्ता हुनुपर्ने बाध्यतामात्रै हो । हामीले त भारतबाट ल्याएर जे आयो त्यही ठूलो स्टोरमा हाल्छौं । त्यसपछि सिलिण्डरमा हालेर तपाई उपभोक्ताकहाँ पुर्याउँछौं ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले सांसदका स्वकीय सचिव तथा सहयोगीहरूको भूमिका व्यक्तिगत सहयोगमा मात्र सीमित नराखी संसदीय तथा राजनीतिक काममा सक्रिय...
काठमाडौं । सङ्घीय संसद् सचिवालयले भोलि सोमबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । पोखरेलले जबराको...
काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका– ३ मा पहिरोले घर पुरिँदा ३९ वर्षीया...
काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले गएराति पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । महाराजगन्जस्थित घरबाटै उनलाई पक्राउ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend