Nepal Face
  • बुधबार, ३१ भाद्र २०८३
  • स्वास्थ्य मन्त्रालयमा सेटिङ उस्तै, सचिव देवकोटाकै संरक्षण


    बुधबार, भाद्र ३१ २०८३
    1.8K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा त गरिन् । तर मन्त्रालयमा लामो समयदेखि उपकरण, औषधि र सरुवादेखि बजेटमा सेटिङ गर्दैआएका ती कर्मचारीहरुले सरुवा भए पनि बाहिरैबाट सेटिङ गर्ने गरेको स्रोत बताउँछ ।

    मन्त्रीले सेटिङ गर्ने कर्मचारीहरु हटाउन सफल त भइन्, तर मन्त्रालय बाहिरबाटै उनीहरुले चलखेल गर्न छाडेका छैनन् । स्वास्थ्य मन्त्रालयमा बर्षौदेखि सेटिङ गर्दैआएका उपसचिव शालिग्राम दाहाल र कम्प्यूटर अधिकृत फणिन्द्र गिरी लगायतलाई मन्त्री मेहताले हटाइन् । जेनजी बिद्रोह अघिदेखि जेनजीपछिकी स्वास्थ्य मन्त्री डा. सुधा गौतमको कार्यकालमा पनि शालिग्राम दाहाल मन्त्रालयमा र गिरीको मन्त्रालयबाहिर भए पनि उनीहरुकै मिलेमतोमा बजेट बिनियोजन हुँदैआएको छ । कुन कुन सप्लायर्सको उपकरण खरिद गर्न कति बजेट राख्ने भन्ने दाहाल र गिरीकै सेटिङमा हुँदैआएको छ ।

    सेटिङमा स्वास्थ्य उपकरण खरिद र त्यसको भुक्तानी आपूर्ति शाखाबाट हुने गरेको थियो । त्यसको ज्वलन्त उदाहरण म्याक्सिम इन्कर्पाेरेसन ट्रेडर्स प्रालिका सुन्दर भूसाललाई १४ करोडको उपकरण आपूर्तिको ठेक्काको भुक्तानीलाई नै लिन सकिन्छ ।

    अर्थमन्त्रालयसम्म सेटिङ मिलाएर बजेट ल्याउनेदेखि भुक्तानी गराउनेसम्मको काम कम्प्युटर अधिकृत गिरीले नै गरेका थिए । दाहाल र गिरीको समूहले नै भुक्तानी दिन दबाब दियो । र, ५ प्रतिशत कमिसनको सेटिङमा भुक्तानी भयो । भुक्तानी दिएपछि ५ प्रतिशत कमिसन माथि उनीहरुले मात्र खाएको आरोप छ । तर स्वास्थ्य सेवा बिभाग, ब्यवस्थापन महाशाखा र आपूर्ति शाखाका कर्मचारीले पाउन नसकेको स्रोतको दाबी छ । कमिसन मन्त्रालयको रैथाने समूहले लिएको थियो ।

    पहिला बिभागको आर्थिक प्रशासनमा बसेका, मन्त्रालयभित्रको योजना शाखामा बसेका गिरी र दाहालहरुलाई मन्त्री मेहताले सरुवा गरे पनि ती कर्मचारीहरुले बाहिरै बसेर उपकरणका ठेकेदारसँग सेटिङ मिलाउने गरेका छन् । उपकरण ब्यवसायीसँग पहिलेदेखि सम्पर्क भएकाले गिरी–दाहालको समूहले अहिले पनि सेटिङ मिलाउने गरेको आरोप छ । दाहाल स्वास्थ्य मन्त्रालयबाट सरुवा भए पनि बेला बेलामा मन्त्रालयमा झल्याकझुलुक देखापर्ने गरेका छन् ।

    फणिन्द्र गिरी झापाको ग्रामीण क्षेत्रबाट काठमाडौं छिरेका, कम्प्युटर अपरेटरको पदबाट जागिरमा प्रवेश गरेका र कम्प्युटर अधिकृत हुँदै हाल राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रमा कार्यरत छन् । उनले स्वास्थ्य क्षेत्रमा औजार, उपकरण तथा औषधि ब्यापारीहरुसँग सेटिङ गर्ने गरेको मन्त्रालय स्रोत बताउँछ ।

    स्रोतका अनुसार विभिन्न अस्पतालहरु तथा कार्यालयहरुमा अर्थमन्त्रालयसँग सेटिङ गरी रकम विनियोजन गर्ने, व्यापारीसँग र अस्पताल तथा कार्यालयहरुसँग पनि रकम संकलनमा खप्पिस मानिन्छन् । गिरीले विगतमा स्वास्थ्य मन्त्रालयको योजना शाखामा कार्यरत रही सेटिङका आधारमा बजेट राख्ने गरेका थिए ।

    विगतदेखि नै विभिन्न हत्कण्डा तथा सेटिङमा माहिर रहेका गिरी २ बर्षअघि विवादमा परेपछि सरुवा भएका थिए । तर ब्यापारीको सेटिङमा सामान्य प्रशासन मन्त्रालयबाट पुनः स्वास्थ्य मन्त्रालयमै सरुवा मिलान गर्न सफल भएका थिए । हाल पनि गिरीले सूचना केन्द्रमा रही सुराकीको काम गर्ने, सेटिङ मिलाउने र मन्त्रालय तथा विभागका गतिविधिहरु बाहिरै बसेर व्यापारीको हितमा प्रयोग गरी काम गर्ने गरेका छन् ।

    एक कम्प्युटर अपरेटरमा जागिर प्रवेश गरेका व्यक्तिले छोटो अवधिमा करोडौंको सम्पत्ति जोडेको आरोप छ । भक्तपुरको गठ्ठाघरस्थित प्राइम लोकेशनमा जग्गा खरिद गरी आलिशान घर निर्माण गर्नुका साथै देशका अन्य सहर र स्थानहरुमा उनका आफन्तहरुको नाममा घर जग्गा खरिद गरी गिरीले लुकाएको स्रोतको दाबी छ ।

    स्रोतका अनुसार आफन्तकै नामबाट करोडौंको शेयर लगानी गरेका छन् । विभिन्न स्वास्थ्य उपकरण सप्लायर्स एवम् औषधि व्यापारमा समेत उनले लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले खोजी गरेमा पत्ता लाग्ने स्रोत बताउँछ ।

    यति हुँदाहुँदै पनि अझै स्वास्थ्य मन्त्रालयमा मैले जे भन्यो त्यही हुन्छ भन्दै गिरीले व्यापारीहरुलाई दबाब र प्रभावमा पार्ने कार्य गरिरहेको स्रोत बताउँछ । उनी त्यहाँ नभए पनि मन्त्रालयको योजना शाखामा उनकै निकटहरु राखेका छन् । तिनीहरुलाई पनि मिलाउने आश्वासन उनले दिने गरेको मन्त्रालय स्रोत बताउँछ । गिरी यति शक्तिशाली छन् कि उनले बिगत केही बर्षयता स्वास्थ्य मन्त्रालयको लेखा नियन्त्रक पनि आफैंले रोजेर सेटिङमा ल्याउने गरेका थिए । लेखाका उपसचिव गोपी भण्डारीलाई पनि गिरीले नै ल्याएको स्रोतको दाबी छ ।

    गिरीको सेटिङमा रहेका ब्यक्तिहरु कुनै दरबन्दी नै नभएका, कुनै निकायसँग पनि सम्बन्ध नभएका योजना शाखामा बसी कार्य गर्ने विनादरबन्दीका करारका कम्प्युटर अपरेटर सुदिप थापा, इन्जिनियर बिपीन भुसाल र मन्त्रालयको आर्थिक प्रशासन शाखामा बसी कार्यक्रम अधिकृत हुँ भन्दै जवर्जस्ती बस्दै आएका रोशन श्रेष्ठ छन् ।

    यी यिनै ब्यक्तिहरु हुन्, जो गिरी उक्त शाखामा रहदाँ सहयोगीको भूमिकामा रहेका थिए । तर हाल यी तीनै जनाको न दरबन्दी छ न कुनै करार सम्झौता नै । विगतमा कुन निकायबाट तलव खान्थे, अहिले कहाँबाट तलब खान्छन्, मन्त्रालयको अभिलेखमा नभएको स्रोत बताउँछ ।

    स्वास्थ्य मन्त्रालयको प्रणालीले नै नचिन्ने पद र सेवामा विगत दशौं बर्षदेखि सेटिङमा हालीमुहाली गर्दै आइरहेका छन् । सेटिङ गर्न सिपालु यी थापा र श्रेष्ठलाई मन्त्रालयका

    सचिव डा. विकास देवकोटाले नै संरक्षण गर्दैआएका छन् । सचिव देवकोटाकै संरक्षणमा सेटिङ गर्नका लागि उनीहरुलाई राखिएको मन्त्रालयकै कर्मचारीहरुबाट लामो समय अगाडि देखिने गुनासो आउने गरेको छ । यति हुँदा पनि स्वास्थ्य मन्त्री मेहताले यो सेटिङ नदेखेको हो कि देखेर पनि सुधार गर्न नसकेकी हुन् भन्ने प्रश्न उठेको छ ।

    स्वास्थ्य मन्त्रालयबाट सरुवा भइसकेपछि पनि बजेट ल्याउनेदेखि उपकरणका ठेक्कामा सेटिङ गरेको आरोप छ नि भन्ने प्रश्नमा कम्प्युटर अधिकृत फणिन्द्र गिरीले भने–‘म तीन बर्षदेखि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको एउटा कुनामा आएर बसेको छु । तपाईलाई यस्तो कुरा कसले भन्यो ? कसले भन्यो, सबै कुरा भन्नुपर्छ । तीन बर्षदेखि चुप लागेर बस्दा पनि यस्तो कसले भन्यो ?

    एकपटक सरुवा भएर पनि फेरि फर्किनुभएको हो भन्दा उनले भने–‘यहाँ खाली थियो, अनि आएको हुँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार