काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढीपीडित गर्भवती, सुत्केरी र शिशुहरू सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र स्वास्थ्य सेवाको अभावमा जोखिममा परेको बिषयलाई ध्यानमा राखी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्बन्धित बिषयका बिशेषज्ञ चिकित्सकको समूह नै त्यसतर्फ परिचालन गर्ने भएको छ ।
बुधबारको संसदमा सांसदहरुले सुत्केरी महिला, नवजात शिशु र अन्य जोखिममा रहेका समूहका बिषयमा कुरा उठाएपछि स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा बिशेषज्ञ चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मीको एक समूहलाई फिल्डमा परिचालन गर्न स्वास्थ्य मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको स्रोतले बताएको छ ।
भोटेकोशी बाढीप्रभावित रसुवा, नुवाकोट र धादिङमा उच्चतहको निगरानी बढाई चुस्त सेवा दिन र नागरिकलाई स्वास्थ्य सेवामा कमी महसुस नदिन संवेदनशील भएर खटिन मन्त्रालयका अधिकारीहरुलाई मन्त्री मेहताले निर्देशन दिनुभएको छ ।
स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आजै प्रसूतीगृह र कान्ति बाल अस्पतालका बरिष्ठ चिकित्सकको नेतृत्वमा एक समूहलाई बाढी प्रभावित जिल्लामा खटाउन लागेको छ ।
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा देखिएको समस्याविरुद्ध अखिल ९क्रान्तिकारी० ले काठमाडौँमा सांकेतिक सडक प्रदर्शन गरेको छ। विद्यार्थीहरूले बिहीबार रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिको...
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक आज दिउँसो ३ बजे बस्ने गरि...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज स्याङ्जा जाने भएका छन् । काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्य तिथिमा...
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नेता भीष्मराज आङ्देम्बेले बिहीबार बिहानका लागि दलको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित दलको कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend