काठमाडौं । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–६ मगरथानाबाट भदौ २० गते बिहान सशस्त्र प्रहरीले करीव २ करोड ४० लाख रुपैयाँ बराबरको एप्पल कम्पनीको एयर वर्डस बरामद गरेको छ ।
भारतबाट अवैधरुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्यको १२ सय थान एयर वर्डस सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशदत्त पाण्डे र बोर्डर आउट पोष्ट खैरवनीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले बरामद गरेको हो ।
उक्त एयर वर्डस ल्याउने व्यक्ति भने सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए । बरामद एयर वर्डस आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ पुरानो भुईयाफाटास्थित तीनकुनेबाट भदौ १९ गते सशस्त्र प्रहरीले एक थान कटुवा पेस्तोल र चरेश बरामद गरेको छ । उक्त...
काठमाडौँ । पकहाँ मैनपुर गाउँपालिकाबाट ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्। शुक्रबार राति करिब ८:४५ बजे प्रहरी चौकी धोरे र...
पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ गैरीचौतारास्थित फेवातालमा भदौ १९ गते बिहान करीव ५ बजे भारतीय नम्बरको कार खस्दा दुई जनाको सकुशल उद्धार गरिएको...
काठमाडौँ । सङ्खुवासभामा गोली प्रहार गरेर शिक्षकको हत्या गरिएको छ । मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा गोली प्रहारबाट ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या...
काठमाडौँ। रौतहट जिल्लाको ईशनाथ नगरपालिका–३ औरैयास्थित एक स्थानीयको घरबाट भाद्र १७ गते कष्मेटिक तथा सुर्तीजन्य सामान बरामद भएको छ । सोही ठाउँ नन्दकिशोर गुप्ताको घरमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend