महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकामा गोली चलेको छ । चोरी गर्न घरभित्र प्रवेश गरेका लुटेरा समूहको प्रतिवाद गर्दा एक दम्पत्तिमाथि गोली प्रहार भएको छ । घटनामा पतिपत्नी दुवै जना घाइते भएका छन् ।
मंगलबार राति सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा ५–६ जनाको समूहमा आएका लुटेराहरूले स्थानीय २७ वर्षीय रामईश्वर यादवको घरमा प्रवेश गरी चोरी गर्ने प्रयास गरेका थिए ।
घरभित्र अपरिचित व्यक्तिहरू देखेपछि रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवले प्रतिवाद गरेका थिए ।
प्रहरीका अनुसार प्रतिवादका क्रममा लुटेरा समूहले दम्पत्तिमाथि गोली प्रहार गरेको हो। गोली लागेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी स्थानीय स्तरमा प्रारम्भिक उपचार गरिएको थियो ।
पछि थप उपचारका लागि उनीहरूलाई जनकपुरस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनापछि पुगेको प्रहरी टोलीले घटनास्थलको निरीक्षण तथा खानतलासी गर्दा एक थान गोलीको खोका बरामद गरेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले फरार लुटेराहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।
बुटवल । भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ । लुम्बिनी प्रदेश प्रहरी...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले हलचोकस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भदौ २८ गते विशेष निरीक्षण तथा अवलोकन गरेका छन् । विपद् व्यवस्थापन तथा...
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका...
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend