बिहीबार बिहानै (साउन२१) गते अनामनगरमा ग्याँसको लाइन(तस्वीर साभार : देवशंकर पौडेलको फेसबुक)
काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्याँसको हाहाकार छ । टेकू र बालाजुमा ग्याँसको लागि सयौं नागरिक हरेक दिन बिहानदेखि लाइनमा लाग्ने गरेका छन् । लाइनमा लाग्दा पनि ग्याँस पाउने नपाउने एकीन छैन । आयल निगम ग्याँस पर्याप्त रहेको सूचना निकाल्छ । तर बजारमा उपभोक्ताले ग्याँस पाउन सकेका छैनन् ।
ग्याँस नपाए सम्पर्क गर्नू भने पनि टोल टोलका ग्याँस डिपोमा लाइन उस्तै देखिन्छ । जान्नेलाई छान्ने भनेर रास्वपालाई दुईतिहाई बहुमत दिएर वालेन्द्र शाहको नेतृत्वमा सरकार बनाए । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि देशले विकासमा छलाङ हान्ने ठानेका जनता चुनाव सकिएको ४ महिना बित्न नपाउँदै खाना पकाउने ग्याँस पाउन समेत लाइनमा बस्नुपरेको गुनासो गर्न थालिसकेका छन् ।
देशको विकासमा छलाङ हान्ने तिलस्मी आश्वासन दिएर चुनाव जितेर सरकार बनाएको वालेन्द्र नेतृत्वको सरकारले ग्याँस आपूर्ति र बितरणको जिम्मा पाएको नेपाल आयल निगमको कार्यकारी निर्देशक ३ महिनासम्म नियुक्त गर्न सकेको छैन । अध्यादेश ल्याएर राजनीतिक नियुक्ति खारेज गरेको वालेन्द्र सरकारले अत्यावश्यक दैनिक उपभोग्य सामानको आपूर्ति गर्ने निगमको कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टलाई कायमै राखेको थियो । तर, नयाँका नाममा निगममा जान खोज्ने समूहले दबाब दिएपछि निगमको कार्यकारी निर्देशकबाट गएको बैशाख २९ गते भट्टले राजीनामा दिए ।
भट्टले राजीनामा दिएको ३ महिनासम्म पनि सरकारले आयल निगमजस्तो संस्थालाई नेतृत्वबिहीन राखेको छ । निगमको नेतृत्व नहुँदा पनि ग्याँस अभावको समस्या हल गर्ने कार्यले मूर्तरुप पाउन नसकेको बताइन्छ । गोपालबहादुर खड्का निगमको नेतृत्वमा हुँदा भारतले लगाएको नाकाबन्दीमा तेल र ग्याँसको हाहाकार भएको थियो । तर त्यसपछि निगमको नेतृत्वले कोरोना महामारीदेखि हरेक विपत्तिमा कहिल्यै पनि ग्याँसको यस्तो अभाव हुन दिएको थिएन । तर, अहिले ‘सुशासन’को बर्को ओढेको वालेन्द्र सरकारको पालामा ग्याँसको हाहाकार हुनुमा निगममा कार्यकारी निर्देशक नियुक्ति गर्न नसक्नु पनि एक कारक मानिएको छ ।
यसैबीच, निगमको नेतृत्वका लागि तीन जनाको नाम आइतबार(साउन १७ गते) उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नेतृत्वको छनोट सिफारिस समितिले बुझाइसकेको छ । तर बुधबार बसेको मन्त्रिपरिषद बैठकले पनि निगमको कार्यकारी निर्देशक नियुक्त गरेको सार्वजनिक भएको छैन । निगमको कार्यकारी निर्देशका लागि कौशल केसी, नागेन्द्र साह र संजीवकुमार देवलाई सिफारिस गरेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो...
काठमाडौं । एनआईसी एशिया बैंक संकटतर्फ उन्मुख भएको समाचार नेपालफेस डटकमले २०८३ असोज ४ मा प्रकाशित गरेको थियो । जुन समाचारको बैंकले खण्डन गर्ने...
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति(भीसी) डा. विवेक आचार्य बालेन सरकारको सुशासन नीतिबिपरीत अस्पताल डुवाएर कमाउधन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले देशभरका बीओपीदेखि गुल्म, गण, तालिम केन्द्र र बाहिनीका इन्चार्जसम्मलाई देउसी–भैलोबापतको चन्दा रकम तोकेरै दिनुपर्ने उर्दी जारी गरेको...
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी)ले गएको असोज २३ गते पक्राउ गरी धरौटीमा छुटेका बिचौलिया नवीनराज बस्नेतमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पनि अनुसन्धान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend