Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • विदेशी गाडीमा कर हटाउने रास्वपाको नीतिप्रति हर्क साम्पाङको ब्यंग्य, भने–हामी भए देशमै बनाउँथ्यौं


    मंगलबार, फाल्गुन २६ २०८२
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भावी अर्थमन्त्रीका रुपमा अगाडि सारेका डा.स्वर्णिम वाग्लेले गाडी आयातमा लाग्दैआएको ३ सय प्रतिशत कर हटाउने घोषणा गरेपछि श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बिरोध गरेका छन् ।

    वाग्लेले मंगलबार एक कार्यक्रममा गाडी आयातमा लाग्दैआएको ३ सय प्रतिशत कर हटाउने अभिब्यक्ति दिएका थिए । वाग्लेको उक्त भनाइ आएलगत्तै अध्यक्ष राईले ३ सय प्रतिशत घटाएर बिदेशी गाडी किन्ने नीति रैछ, हामी भएको भए गाडी बनाउने नीति आउने थियो भन्दै सामाजिक संजालमा लेखेका छन् ।

    राईले लेखेका छन्–३०० प्रतिशत कर घटाएर भए नि विदेशी गाडी किन्ने नीति रैछ १ हामी भएको भए यही देशमा गाडी बनाउने नीति आउने थियो तर जनताले चाहेनन् ! जय जनता जनार्दन !

    सरकारले विदेशी गाडीलाई बिलासिताको बस्तुको रुपमा ३ सय प्रतिशत कर लिंदैआएको छ । नेपालमा गाडी उत्पादन हुँदैन । एक बर्ष अघि हुन्डाईले नवलपरासीमा भेन्यु गाडी एसेम्बल गरी उत्पादन गर्न सुरु गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार