काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले भोटेकोशीको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राईले बाढीग्रस्त क्षेत्रमा तत्काल ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न तथा आवश्यक औजार र उपकरणसहित उद्धार टोली खटाउन सरकारसँग आग्रह गरेका हुन् ।
साम्पाङले कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई आवश्यक उपकरणसहित बाढी प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने बताएका छन्। प्रभावित क्षेत्रमा सामान्य बेल्चासमेत पर्याप्त रूपमा उपलब्ध नभएको दाबी गर्दै उनले उद्धार कार्यमा आवश्यक साधनस्रोतको अभाव देखिएको बताए ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘खोजी र उद्धार कार्य खास प्रभावकारी भएको छैन। अझै सुधार गर्नुपर्छ। थोरैमा १५ हजार सुरक्षाकर्मीलाई परिचालन गरियोस्। औजार र उपकरणसहित बाढीग्रस्त क्षेत्रमा पठाइयोस्। बेल्चा समेत नभएको अवस्था छ ।’
साम्पाङले आफूहरू सहभागी भएको अघिल्लो दिनको खोजी कार्यमा आफूसँगै बोकेको बेल्चाले समेत महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।
उनका अनुसार उद्धार तथा खोजीका लागि आवश्यक उपकरण प्रभावकारी रूपमा प्रयोग गर्न सकिएको भए प्रभावित क्षेत्रमा सम्भावित जीवित व्यक्तिको खोजी अझ छिटो गर्न सकिन्थ्यो ।
उनले उद्धारका क्रममा आवश्यक उपकरण प्रयोग गर्नसमेत सहज वातावरण नबनाइएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। जनशक्ति, उपकरण र समन्वयको अभावका कारण खोज तथा उद्धार कार्यमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
साम्पाङले सरकारले प्रभावकारी रूपमा काम गर्न आफूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सुझाव तथा जानकारीलाई समेत गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताएका छन् ।
राई भन्छन्– ‘सरकार पक्षले मेरो फेसबुकको वाल पढ्नै पर्छ, यदि सबल र सहज तरिकाले काम गर्ने हो भने। अन्यथा भद्रगोल छ स्थिति ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend