काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले भोटेकोशीको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य प्रभावकारी नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
राईले बाढीग्रस्त क्षेत्रमा तत्काल ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्न तथा आवश्यक औजार र उपकरणसहित उद्धार टोली खटाउन सरकारसँग आग्रह गरेका हुन् ।
साम्पाङले कम्तीमा १५ हजार सुरक्षाकर्मीलाई आवश्यक उपकरणसहित बाढी प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्ने बताएका छन्। प्रभावित क्षेत्रमा सामान्य बेल्चासमेत पर्याप्त रूपमा उपलब्ध नभएको दाबी गर्दै उनले उद्धार कार्यमा आवश्यक साधनस्रोतको अभाव देखिएको बताए ।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘खोजी र उद्धार कार्य खास प्रभावकारी भएको छैन। अझै सुधार गर्नुपर्छ। थोरैमा १५ हजार सुरक्षाकर्मीलाई परिचालन गरियोस्। औजार र उपकरणसहित बाढीग्रस्त क्षेत्रमा पठाइयोस्। बेल्चा समेत नभएको अवस्था छ ।’
साम्पाङले आफूहरू सहभागी भएको अघिल्लो दिनको खोजी कार्यमा आफूसँगै बोकेको बेल्चाले समेत महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् ।
उनका अनुसार उद्धार तथा खोजीका लागि आवश्यक उपकरण प्रभावकारी रूपमा प्रयोग गर्न सकिएको भए प्रभावित क्षेत्रमा सम्भावित जीवित व्यक्तिको खोजी अझ छिटो गर्न सकिन्थ्यो ।
उनले उद्धारका क्रममा आवश्यक उपकरण प्रयोग गर्नसमेत सहज वातावरण नबनाइएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। जनशक्ति, उपकरण र समन्वयको अभावका कारण खोज तथा उद्धार कार्यमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
साम्पाङले सरकारले प्रभावकारी रूपमा काम गर्न आफूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सुझाव तथा जानकारीलाई समेत गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताएका छन् ।
राई भन्छन्– ‘सरकार पक्षले मेरो फेसबुकको वाल पढ्नै पर्छ, यदि सबल र सहज तरिकाले काम गर्ने हो भने। अन्यथा भद्रगोल छ स्थिति ।’
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गरेको छ। भोटेकोशी बाढी प्रभावितको लागि कांग्रेसले उक्त सहयोग गरेको हो। आज महामन्त्री...
धादिङ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बाढी र हिमपहिरोजस्तो महाविपत्तिमा राजनीतिक दोषारोपण र अनावश्यक टिकाटिप्पणीबाट माथि उठेर काम गर्न सबै पक्षलाई आग्रह गरेका...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री शरदराज पाठकले पार्टी परित्याग गरेका छन् । उनले महामन्त्रीलगायत सबै जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको घोषणा गरेका...
काठमाडौँ। नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्। कञ्चनपुरको दोधारा-चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीका कारण उत्पन्न महाविपत्तिका बेला नागरिकलाई भौतिक राहत र पुनर्निर्माणका साथै भावनात्मक सहानुभूति र कानूनी सहजता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend