काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचनमा सफलता पाएपछि विपक्षी पार्टी समर्थकहरुमाथि आक्रमण नगर्न दिएको निर्देशन बिपरीत सर्लाही ४ मा नेपाली कांग्रेस समर्थकमाथि आक्रमण गरिएको छ ।
रास्वपाको तर्फबाट सर्लाही ४ बाट निर्वाचित अमरेशकुमार सिंहका भतिजा गोपेशकुमार सिंहले सर्लाहीको बलरा नगरपालिका–४ मा नेपाली कांग्रेसका नेता डा. कमलेश्वर सिन्हामाथि आक्रमण गरेका छन् ।
आज दिउँसो बलरा–४ स्थित बाटोमा सिन्हामाथि आक्रमण भएको कांग्रेसका स्थानीय युवा नेता नवीन कुशहवाले जानकारी दिएका छन् ।
डा. सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा गाडीमाथि आक्रमण भएको हो ।
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद अमरेशकुमार सिंहका भतिजा तथा राष्ट्रिय अनुसन्धान कार्यालय धनुषाका सूचक गोपेशकुमार सिंह र बलरा–४ का पंकजकुमार झाले आक्रमण गरेको पीडित कमलेश्वर सिन्हा पक्षको भनाइ छ ।
आक्रमणबाट घाइते भएका डा। सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
कांग्रेस सभापति गगन कुमार थापालाई पराजित गर्दै अमरेशकुमार सिंह सर्लाही–४ मा विजयी भएका छन । सिंहले ३५ हजार ६८८ मत ल्याउँदा कांग्रेस सभापति थापाले जम्मा २२ हजार ८३१ मत प्राप्त गरे ।
घटनाप्रति नेपाली कांग्रेस सर्लाही–४ ले घोर आपत्ति जनाएको छ। विजय जुलुसको क्रममा डा. सिन्हामाथि ज्यान लिने गरी आक्रमण भएको आरोप लगाउँदै कांग्रेसले दोषीमाथि कानूनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ ।
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend