काठमाडौं । निवर्तमान सांसद अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न लागेकी डा. संगीताकौशल मिश्रमाथि बिचौलियाहरुले निराधार आरोप लगाएको बताएका छन् ।
स्वास्थ्य सेवा बिभागमा बर्षौंदेखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलियाहरुको निन्दहराम गरेबापत नै संगीता मिश्रलाई सचिब बन्न बाट रोकेकाहरुले मन्त्री हुनबाट रोक्न लागेको सिंहले आरोप लगाएका छन् ।
सामाजिक संजाल फेसबुकमा तिवर्तमान सांसद सिंहले लेखेका छन्–‘स्वास्थ्यमन्त्री बन्न लागेकी डाक्टर संगीता मिश्रमाथि स्वास्थ्य सेवा बिभागमा बर्षौंदेखि रजगज चलाएका केही थान बिचौलियाहरुले निराधार आरोप लगाएका छन् । बिभागमा बर्षौंदेखि खरिद प्रक्रियामा आफ्नो रजगज चलाउने बिचौलियाहरुको निदहराम गरेबापत नै संगीता मिश्रलाई सचिब बन्नबाट रोकेको थियो । आज फेरि तिनै बिचौलियाहरु सलबलाएका छन् र डाक्टर संगीतालाइ बदनाम गर्न तथाकथित आरोपहरु लगाएका छन् ।
डा.संगीता एक कुशल नेतृत्वकर्ता हुन् । उनी भ्रष्ट भएको भए पहिले नै सचिब बन्न सक्थिन् । उनको नियुक्तिबाट कांग्रेसका केही नेताहरू पनि आफ्नो कुकृत्य उजागर हुने डरले अत्तालिएका छन् ।’
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend