सर्लाही । मधेशको चुनावी नक्सामा यसपटक सर्लाही–४ सबैभन्दा बढी चासोको केन्द्र बनेको छ । कारण—गगन थापाको अप्रत्याशित मधेश प्रवेश । काठमाडौं–४ बाट लगातार जित निकाल्दै आएका थापा यसपटक सिधै तराई झरेपछि राष्ट्रिय राजनीतिदेखि स्थानीय चौतारीसम्म बहस सुरु भएको छ ।
सभापति बनेपछि संगठनात्मक रूपान्तरणको एजेन्डा अघि सारेका थापाले सर्लाही–४ रोज्नुलाई कांग्रेसभित्र र बाहिर दुवैतर्फ अर्थपूर्ण रूपमा हेरिएको छ । तर मधेशको सामाजिक बनावट, स्थानीय भाषा र पुराना शक्ति–समीकरण उनको लागि सहज बाटो भने देखिँदैन ।
पुराना बिजेताको आत्मविश्वास
यस क्षेत्रमा लगातार तीन चुनाव जितिसकेका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डामुनि मैदानमा छन् । २०७९ मा स्वतन्त्र उठेर २० हजार १७ मत ल्याउँदै जितेका सिंहले अहिले पार्टीको संगठन साथमा रहेकाले आफू अझ बलियो भएको दाबी गरिरहेका छन् ।
अघिल्ला निर्वाचनमा कांग्रेसकै उम्मेदवारका रूपमा जितेका उनले पछिल्लो पटक बागी बनेर पनि परिणाम आफ्नो पक्षमा पारेका थिए । त्यसैले अनुभव र व्यक्तिगत प्रभाव उनको बलियो पक्ष मानिन्छ ।
‘भोट बैंक’को चर्चा र नयाँ समीकरण
समीकरणलाई रोचक बनाउने अर्का पात्र हुन् शिवपूजन राय यादव । उनको प्रभाव क्षेत्रीय रूपमा बलियो मानिन्छ । उनका छोरा अमनिशकुमार यादव नेकपा (एमाले)बाट उम्मेदवार बनेपछि मतविभाजनको बहस चर्किएको छ । बजारमा करिब १४ हजार मत उनको प्रभावमा रहेको चर्चा छ ।
बहुकोणीय प्रतिस्पर्धामा २५ हजार हाराहारी मतले जित तय हुने अनुमान भइरहँदा शिवपूजन परिवारको भूमिका निर्णायक बन्नसक्ने विश्लेषण भइरहेको छ ।
५१ वडाको अंकगणित
सर्लाही–४ मा धनकौल, रामनगर, बलरा, बरहथवा, विष्णु र बसबरिया गरी ५१ वडा पर्दछन् । कुल मतदाता संख्या करिब १ लाख २५ हजार छ ।
स्थानीय तहको नतिजा हेर्दा कांग्रेसको संगठनात्मक आधार कमजोर छैन । बलरा नगरपालिकामा ६ वडाध्यक्ष कांग्रेसका छन् । धनकौल र विष्णु गाउँपालिकामा पनि कांग्रेस नेतृत्व छ । केही वडाध्यक्ष पछिलो समय कांग्रेस प्रवेश गरेपछि थापाको टिम उत्साहित देखिन्छ ।
तर गोडैता, रामनगर र अन्य पालिकामा जसपा, माओवादी केन्द्र तथा एमालेको प्रभाव कायम छ । त्यसैले परिणामलाई एकतर्फी भन्न सकिने अवस्था छैन ।
‘परम्परागत गढ’ मा प्रतिष्ठाको प्रश्न
सर्लाही–४ लाई विगतमा कांग्रेसको आधार क्षेत्र मानिन्थ्यो । २०४८ देखि २०५६ सम्मका निर्वाचन महन्थ ठाकुरले जितेका थिए । समयसँगै शक्ति सन्तुलन फेरिँदै गयो र अमरेश सिंहको उदय भयो ।
अब भने कांग्रेस सभापति स्वयं मैदानमा उत्रिएपछि यो क्षेत्र ‘प्रतिष्ठाको लडाइँ’ मा बदलिएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले थापाको उम्मेदवारीलाई मधेशप्रतिको सम्मानको सन्देश भनेका छन् ।
एकातर्फ अनुभवसहितका सिंह, अर्कातर्फ स्थानीय प्रभाव बोकेको शिवपूजन परिवार र बीचमा राष्ट्रियस्तरको अनुहार थापा, यी तीन ध्र्र्रुवबीचको टक्करले सर्लाही–४ लाई यसपालिको सबैभन्दा ‘हाइभोल्टेज’ निर्वाचन क्षेत्र बनाएको छ । अब अन्तिम फैसला मतपेटिकाले नै गर्नेछ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend