Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • जबर्जस्ती निकासी कर असुली गर्ने ४ जना पक्राउ, ठेकेदार अझै फरार


    आइतबार, पुष १३ २०८२
    3K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको सानेपामा गैरकानुनी रुपमा कवाडी बोकेका गाडीसँग निकासी कर असुल्दैआएको आर एण्ड आर भालेश्वर ट्रेड कन्सर्नका चार कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    शनिबार राति जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सानेपाबाट भालचन्द्र ट्रेड कन्सर्नको नाममा जबर्जस्ती निकासी कर असुल्ने संजीव आले मगर, अनुप खड्का, अर्जुन तामाङ र सुदर्शन रोक्कालाई पक्राउ गरेको हो । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले भालचन्द्र ट्रेड कन्सर्नका ४ जना पक्राउ परेको बताए । उनले भने–४ जनालाई नियन्त्रणमा लिई प्रहरीले ढड्डा र खातापातासहितका मिसिल उठाएर ल्याइएको छ ।’

    यो पनि पढ्नुहोस् :

    राजमार्गमा जबर्जस्ती निकासी कर असुली, रोशन चौधरीको प्रहरीदेखि अदालतसम्म सेटिङ

    सानेपास्थित कानुनबिपरीत निकासी कर असुल्दैआएको सटरबाट उनीहरु पक्राउ परेका हुन् । ललितपुर प्रहरीले संचालक रोशन चौधरी, बाबुनन चौधरीसहितका ब्यक्तिका बिरुद्ध पक्राउ पूर्जी एक साताअघि आइतबारै ल्याए पनि उनीहरु पक्राउ परेका छैनन् । उनीहरु काठमाडौं उपत्यकामै लुकेर बसेको आशंका गरिएको छ । ललितपुर प्रहरी परिसरका एसएसपी बोगटीले रोशन र बाबुननसहितका पक्राउ पूर्जी जारी भएकाहरुको खोजी जारी रहेको बताए ।

    बाबुन चौधरीको परिवार । जसले अदालतदेखि प्रहरी सेटिङ गरी निकासी कर दैनिक ३० लाख असुलिरहेको छ

    धादिङको धुनिबेसीमा कवाडीको ठेक्का लिएर बनेपादेखि काठमाडौं उपत्यकाबाट जाने सम्पूर्ण कवाडी बोकेका गाडीसँग जबर्जस्ती गैरकानुनी रुपमा निकासी कर असुली गर्दैआएको भालचन्द्रका संचालक बाबुनन चौधरी भारतीय नागरिक हुन् । उनले रौतहटको साविक धर्मपुर गाविस–१, हालको गढीमाई नगरपालिका–१ बाट नक्कली बाबु बनाई नेपाली नागरिकता लिएका छन् ।

    जुन नागरिकता छानबिन गर्न माग गर्दै गृहमन्त्रालयमा उजुरी परेको थियो । गृहमन्त्रालयले रौतहट जिल्ला प्रशासनलाई बाबुननको नागरिकताको विस्तृत छानबिन गर्न २०८१ पुस १ मै पत्र पठाएको छ । तर पैसाको बलमा छानबिन नै रोकिंदैआएको छ । रौतहट प्रशासनले बाबुननलाई उपस्थित गराउन नगरपालिकालाई पत्र लेखे पनि अरु कुनै छानबिन गरेको छैन । गृहमन्त्रालयलाई जवाफसम्म पठाएको छैन ।

    प्रहरीदेखि अदालतसम्म सेटिङ गरी रोशन चौधरीको भालचन्द्रले राजमार्गमा दैनिक ३० देखि ४० लाख निकासी कर गैरकानुनीरुपमा जबर्जस्ती असुल्दैआएका बाबुनन चौधरी र रोशन चौधरीसहित ५ जनालाई प्रहरीले खोजी गरिरहेको छ । काठमाडौं र ललितपुरका धर्मकाँटा रहेका स्थानमै कर नदिने कवाडीका गाडीसँग धादिङमा गएपछि ४० हजार रुपैयाँसम्म जबर्जस्ती असुल्ने गरिएको छ ।

    काठमाडौैं, ललितपुर, भक्तपुरदेखि बनेपासम्म कवाडीको ठेक्का नै लाग्न नदिने, लागिहाले मुद्दा हालेर बर्षौसम्म अदालत सेटिङ गरी रोक्ने, राजमार्गमा जबर्जस्ती कर असुलीका लागि १ सय भन्दा बढी केटाहरुलाई मोटरसाइकल दिएर परिचालन गर्ने काम रोशन चौधरी र उनको समूहले गर्दैआएको छ । तर प्रहरीले उनले जबर्जस्ती एउटा गाडीसँग ४० हजार जबर्जस्ती कर असुली गर्दा पनि देखेको नदेख्यै गर्दैआएको छ ।

    धादिङ प्रहरीमा मासिक दररेट बुझाएपछि धुनिबेसीको ठेक्का लिएर काठमाडौंबाट गएका कवाडी र हड्डीको निकासी कर असुल्दा पनि प्रहरीले संरक्षण गर्दैआएको छ । गृहमन्त्रालयले राजमार्गमा जबर्जस्ती कर असुली गर्ने कार्य रोक्न दिएको निर्देशन जिल्ला प्रशासन र प्रहरीले अटेर गर्दैआएका छन् ।

    जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार चौधरीसहित ५ जनाकै बिरुद्ध पक्राउ पूर्जी लिइसकेको छ । रोशन चौधरीसहित ५ जनाले जर्बजस्ती निकासी कर असुली गर्न खोज्दा नदिएपछि कुटपिट गरेपछि उनीहरुका बिरुद्ध पक्राउ पूर्जी जारी भएकोा ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए । उनले भने–‘अभद्र ब्यवहारमा उनीहरुबिरुद्ध पक्राउ पूर्जी जारी भएको हो । खोजतलास भइरहेको छ ।’

    रोशन चौधरीकै इन्द्रेणी हार्डवेयर एण्ड सेनेटरीवेयर प्रालिले पनि वार्षिक १० करोड रुपैयाँमा ललितपुर महानगरको टेण्डर पाएको थियो । जुन ठेक्काको ६ करोड रुपैयाँ महानगरलाई बुझाएको छैन । ठेक्काको म्याद गएको २०८२ असार मसान्तमै सकिएको हो । एकातिर कवाडीको ६ करोड ललितपुर महानगरलाई बुझाएको छैन अर्कोतिर अदालतमा मुद्दा हाली सेटिङमा अन्तरिम आदेश ल्याएर सानेपामा निकासी कर असुली गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार