काठमाडौं । राजमार्गमा जबर्जस्ती कवाडीको निकासी कर असुली गरी राज्यलाई अरबौं नोक्सान पार्दैआएका रोशन चौधरीको गिरोहका सदस्यका नाममा रहेका ४ वटा ट्रक प्रहरीले काठमाडौंको बलम्बुबाट नियन्त्रणमा लिएको छ ।
मूल्य अभिबृद्धि कर (भ्याट) छलीदेखि आवश्यक कागजात देखाउन नसकेपछि ती ट्रक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
भोजपुरी मिथिला ट्रेडर्स प्रा.लि., जय श्री शम्भु प्रा.लि., राजेश इक्जिम ट्रेडर्स र श्रीगणेश ट्रेडर्सका नाममा रहेका क्रमशः ना ५ ख १७१० र ना ६ ख ३८५३ लगायतका नम्बरका गाडी प्रहरीले समातेको हो ।
आर एण्ड भालेश्वर ट्रेड कन्सर्नदेखि बिभिन्न नाममा कम्पनी दर्ता गरेका रोशन चौधरीकै समूहका हुन् श्रीगणेश ट्रेडर्सदेखि माथिका सबै फर्मका गाडी समातिएका छन् । श्रीगणेश ट्रेडर्सदेखि माथिका सबै फर्म नक्कली नागरिकताका आधारमा दर्ता गरिएको स्रोतले नेपालफेसलाई बताएको छ । स्रोतका अनुसार भ्याटछली गर्न नक्कली नागरिकताका आधारमा फर्म दर्ता गरिएको प्रहरीले छानबिन गरेमा खुल्नेछ ।
स्रोतका अनुसार भ्याटछली भएमा श्रीगणेश नक्कली नागरिकताका आधारमा दर्ता भएकाले संचालक खोजी भएमा वास्तविक संचालक नै फेलानपर्ने हुन्छ । श्रीगणेश ट्रेडर्सको नाम, नम्बर र ब्यक्तिमाथि छानबिन हुने हो भने नेपालमा भ्याटछली कसरी फेक ब्यक्तिको नाममा कम्पनी दर्ता गरी छली हुन्छ भन्ने सबै उदांगो हुनेछ ।
त र, राज्यलाई करोड अरब रुपैयाँ भ्याट तिर्न नपर्ने भएपछि रोशनको समूहले फेक नागरिकताका आधारमा कम्पनी दर्ता गर्दैआएको आरोप छ । त्यसो त रोशन चौधरी नक्कली भ्याटबिल प्रयोग गरी करोडौं करोड राजस्व छली गर्ने पात्र हुन् । राजस्व अनुसन्धान बिभागमा उनको नक्कली भ्याटबिलको अनुुसन्धान भइरहँदा तत्कालीन महानिर्देशक नवराज ढुंगानामाथि नै उनले ब्ल्याकमेल गरी रोकाएका थिए । जुन अनुसन्धान अहिलेसम्म पनि हुन सकेको छैन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend