काठमाडौं । राजमार्गमा जबर्जस्ती कवाडीको निकासी कर असुली गरी राज्यलाई अरबौं नोक्सान पार्दैआएका रोशन चौधरीको गिरोहका सदस्यका नाममा रहेका ४ वटा ट्रक प्रहरीले काठमाडौंको बलम्बुबाट नियन्त्रणमा लिएको छ ।
मूल्य अभिबृद्धि कर (भ्याट) छलीदेखि आवश्यक कागजात देखाउन नसकेपछि ती ट्रक प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
भोजपुरी मिथिला ट्रेडर्स प्रा.लि., जय श्री शम्भु प्रा.लि., राजेश इक्जिम ट्रेडर्स र श्रीगणेश ट्रेडर्सका नाममा रहेका क्रमशः ना ५ ख १७१० र ना ६ ख ३८५३ लगायतका नम्बरका गाडी प्रहरीले समातेको हो ।
आर एण्ड भालेश्वर ट्रेड कन्सर्नदेखि बिभिन्न नाममा कम्पनी दर्ता गरेका रोशन चौधरीकै समूहका हुन् श्रीगणेश ट्रेडर्सदेखि माथिका सबै फर्मका गाडी समातिएका छन् । श्रीगणेश ट्रेडर्सदेखि माथिका सबै फर्म नक्कली नागरिकताका आधारमा दर्ता गरिएको स्रोतले नेपालफेसलाई बताएको छ । स्रोतका अनुसार भ्याटछली गर्न नक्कली नागरिकताका आधारमा फर्म दर्ता गरिएको प्रहरीले छानबिन गरेमा खुल्नेछ ।
स्रोतका अनुसार भ्याटछली भएमा श्रीगणेश नक्कली नागरिकताका आधारमा दर्ता भएकाले संचालक खोजी भएमा वास्तविक संचालक नै फेलानपर्ने हुन्छ । श्रीगणेश ट्रेडर्सको नाम, नम्बर र ब्यक्तिमाथि छानबिन हुने हो भने नेपालमा भ्याटछली कसरी फेक ब्यक्तिको नाममा कम्पनी दर्ता गरी छली हुन्छ भन्ने सबै उदांगो हुनेछ ।
त र, राज्यलाई करोड अरब रुपैयाँ भ्याट तिर्न नपर्ने भएपछि रोशनको समूहले फेक नागरिकताका आधारमा कम्पनी दर्ता गर्दैआएको आरोप छ । त्यसो त रोशन चौधरी नक्कली भ्याटबिल प्रयोग गरी करोडौं करोड राजस्व छली गर्ने पात्र हुन् । राजस्व अनुसन्धान बिभागमा उनको नक्कली भ्याटबिलको अनुुसन्धान भइरहँदा तत्कालीन महानिर्देशक नवराज ढुंगानामाथि नै उनले ब्ल्याकमेल गरी रोकाएका थिए । जुन अनुसन्धान अहिलेसम्म पनि हुन सकेको छैन ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend