काठमाडौं । कवाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्रले मंगलबार साँझ ललितपुरको सानेपाबाट ती ट्रक नियन्त्रणमा लिएको हो । आवश्यक कागजपत्रबिना कवाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
आवश्यक कागजपत्र बिना ठूलो मात्रामा कवाडी सामान बोकेर उपत्यका बाहिर जान लागेको सूचनाका आधारमा रिङरोडबाट सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले ती ट्रक नियन्त्रणमा लिएको थापाले जानकारी दिएका छन् ।
सशस्त्रले नियन्त्रणमा लिएका ट्रकमा प्र २–०३–००१ख ४७३८ , लु २ ख ५१०५, प्र २–०३–००१ ख ५६१९, ना ५ ख ६६७१ , ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७ , ग २ ख ५३९, ना ६ ख ५६१ र बा. प्र. ०३–००१ ख २०५० नम्बरका छन् ।
ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग लगिएको जनाइएको छ । आवश्यक बिलबिजक नै नभएका ४ वटा ट्रक मंगलबार बिहान नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । ती ट्रकका पनि कागजात नै नभएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिइएका ट्रकहरु राजमार्गमा कवाडी कर जबर्जस्ती असुुली गर्ने रोशन चौधरी र उनको समूहका भएको आशंका गरिएको छ । चौधरीले राजमार्गमा जबर्जस्ती निकासी कर असुली गर्दैआएका छन् ।
धादिङको धुनिबेसी नगरपालिकाको मात्र कर संकलनको ठेक्का लिएर काठमाडौंबाट गएका कवाडी बोकेका सबै गाडीको निकासी कर चौधरीले असुली गर्दैआएका छन् । दैनिक ३० लाख रुपैयाँसम्म कवाडी को निकासी कर गैरकानुनी रुपमा उनले असुली गर्दैआएका छन् ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend