काठमाडौं । कवाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्रले मंगलबार साँझ ललितपुरको सानेपाबाट ती ट्रक नियन्त्रणमा लिएको हो । आवश्यक कागजपत्रबिना कवाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।
आवश्यक कागजपत्र बिना ठूलो मात्रामा कवाडी सामान बोकेर उपत्यका बाहिर जान लागेको सूचनाका आधारमा रिङरोडबाट सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्टले ती ट्रक नियन्त्रणमा लिएको थापाले जानकारी दिएका छन् ।
सशस्त्रले नियन्त्रणमा लिएका ट्रकमा प्र २–०३–००१ख ४७३८ , लु २ ख ५१०५, प्र २–०३–००१ ख ५६१९, ना ५ ख ६६७१ , ना ८ ख ६२५३, ना ७ ख ९९८, ना ६ ख ९४९७ , ग २ ख ५३९, ना ६ ख ५६१ र बा. प्र. ०३–००१ ख २०५० नम्बरका छन् ।
ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग लगिएको जनाइएको छ । आवश्यक बिलबिजक नै नभएका ४ वटा ट्रक मंगलबार बिहान नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । ती ट्रकका पनि कागजात नै नभएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिइएका ट्रकहरु राजमार्गमा कवाडी कर जबर्जस्ती असुुली गर्ने रोशन चौधरी र उनको समूहका भएको आशंका गरिएको छ । चौधरीले राजमार्गमा जबर्जस्ती निकासी कर असुली गर्दैआएका छन् ।
धादिङको धुनिबेसी नगरपालिकाको मात्र कर संकलनको ठेक्का लिएर काठमाडौंबाट गएका कवाडी बोकेका सबै गाडीको निकासी कर चौधरीले असुली गर्दैआएका छन् । दैनिक ३० लाख रुपैयाँसम्म कवाडी को निकासी कर गैरकानुनी रुपमा उनले असुली गर्दैआएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend