सिन्धुली । सिन्धुलीमा प्याजका बोराभित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको बिलविहीन कपडा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–९ भिमानस्थित चेकपोष्टमा गरिएको सवारी साधन चेकजाँचका क्रममा उक्त अवैध कपडा फेलापरेको हो ।
बर्दीबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.२–०४–००१ ख ००६१ नम्बरको प्याज लोड ट्रकलाई शंकाका आधारमा रोकी जाँच गर्दा भन्सार प्रक्रिया पूरा गरिएका प्याजका २ सय ३० बोरा मुनि लुकाइएका विभिन्न ब्रान्डका सूती कपडाका रोलहरू भेटिएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ९ बजे बीपी राजमार्गअन्तर्गतको भिमान चेकपोष्टमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले ट्रक नियन्त्रणमा लिएको थियो ।
जाँचका क्रममा ‘पुनित’, ‘डोनातेला’ र ‘बिमल’ कम्पनीका सूती सुट तथा सर्टका कपडा बरामद गरिएको हो । प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पुनित कम्पनीका ४९ रोल (९,८१० मिटर), डोनातेला कम्पनीका २० रोल (९,२७०।५५ मिटर) र बिमल कम्पनीका ३० रोल (९,३४०।६ मिटर) कपडा फेला परेका छन् । बरामद कपडाको अनुमानित मूल्य १६ लाख ८३ हजार ६४० रुपैयाँ रहेको छ ।
त्यसैगरी ट्रकमा लोड गरिएको प्याजको मूल्य ४ लाख ८० हजार रुपैयाँ र ट्रकको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यसअनुसार नियन्त्रणमा लिइएको सम्पूर्ण सामानको मूल्य ४१ लाख ६३ हजार ६४० रुपैयाँ पुगेको छ ।
केही बर्षयता तस्करीको स्वरुप फेरिएको छ । गाडीको माथि माथि प्याज, चामल जस्तै सामान राखी महंगा कपडा लगायतका सामान तस्करी हुँदैआएका छन् ।
यसैबीच, बरामद कपडा धनुषाबाट तस्करी गरी ल्याइएको र यसमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत घुमुवा प्रहरीको संलग्नता रहेको व्यापारीक स्रोतले दाबी गरेका छन् । स्रोतका अनुसार चेकजाँच सहज गराइदिने आश्वासनमा यस्ता तस्करीका सामानहरू ढुवानी हुँदै आएका थिए । तर, यस विषयमा सम्बन्धित प्रहरी अधिकारीको आधिकारिक प्रतिक्रिया भने आएको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । तस्करीमा संलग्न व्यक्ति तथा सञ्जालको पहिचान गरी कानुनी कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यसअघि पनि धनुषामा घुमुवा प्रहरी तस्करी तथा लागुऔषध कारोबारीसँग साठगाँठ रहेको आरोपमा विवादमा पर्दै आएका छन् ।
केही दिनअघि ढल्केबरमा तस्करीको काजु बरामद गरिसकेपछि धनुषाका एसपी रुगमबहादुर कुँवरको आदेशमा तुरुन्तै छाडिएको स्रोतको दाबी छ–एसपीसँगै सेटिङ मिलेपछि उक्त काजु छाडिएको थियो ।
काठमाडौँ। कालिकोटमा सरकारी जग्गा भूमिहीनलाई दिँदा भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। खाँडाचक्र नगरपालिका-१ का वडा सचिवसमेतले पदको दुरूपयोग गरी कर्णाली राजमार्गसँगै...
रौतहट । रौतहटको गौर नगरपालिका वडा नम्बर ४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रुपमा राखिएको मोबाइलको स्पेयर बरामद गरेको छ। सशस्त्र प्रहरीले गोप्य सूचनाका...
काठमाडौँ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणका लागि भएको ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जना र...
काठमाडौँ । जिल्ला उदयपुर, कटारी नगरपालिका ६ स्थित भुसुने जंगलमा बेवारिसे अवस्थामा लुकाइ राखिएको १८२ किलो गाँजा बरामद भएको छ । शिखर सामुदायिक वन र...
काठमाडौँ । पर्साको पटेर्वासुगौली गाउँपालिका-१ मलाही टोलमा २ राउन्ड हवाई फायर गरेर करिब ३३ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । आइतबार राति करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend