काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको मतदात प्रक्रिया सकिएको छ । नयाँ नेतृत्व चयनका लागि सम्पन्न भएको मतदानको मतगणना आज बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा सम्पन्न मतदानमा दुई हजार दुई सय २७ मत खसेको छ ।
केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि मतदाता रहेकामा ३६ जना विभिन्न कारणले मतदानमा अनुपस्थित भएका थिए । मतदान प्रक्रिया बुधबार बिहान ९ः१२ बजेदेखि सुरु भएको थियो ।
पोखरेलका अनुसार मतगणना सुरु गर्नुअघि मुचुल्का उठाउने र दलहरूबीच सहमति कायम गर्ने प्रक्रियाका कारण केही समय लाग्नेछ । तर मतगणना सुरु भएको करिब तीन घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि यसपटक करिब ६ सय ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मतदान प्रक्रियालाई छरितो बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend