काठमाडौैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका पूर्वसांसद तथा गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर सन्तोष चालिसेका बिरुद्ध आइतबार बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गोकर्णेश्वर नगरपालिकको ५ बर्ष नगरप्रमुख हुँदा चालिसेको आयब्यय सबै हिसाब गर्दा ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रूपैयाँ एकहत्तर पैसाको स्रोत पुष्टि हुन नसकेकाले उनले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको जिकिरसहित अख्तियारले उल्लेखित रकम बराबर बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।
काठमाडौं क्षेत्र नं. ३ का सांसदसमेत रहेका चालिसेलाई मुद्दा दायर गरेपछि त्यस क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका उर्जासहित तीन वटा मन्त्रालयका मन्त्री कुलमान घिसिङलाई थप सहज भएको छ । गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा विकासका कामबाट त्यस क्षेत्रमा लोकप्रिय रहेका चालिसेलाई मुद्दा दायर गरेपछि कुलमानलाई चुनावमा थप सहज हुने भएको छ । कुलमानलाई सहज बनाउनका लागि चालिसेबिरुद्ध मुद्दा दायर गरिएको भन्ने चर्चा समेत हुने गरेको छ ।
चालिसे आफूबिरुद्ध मुद्दा दायर नै हुन्छ भन्ने कुरामा विश्वस्त थिएनन् । सामान्य छानबिनका रुपमा उनले बुझेका थिए । चालिसे संसदको अर्थसमितिका सभापति समेत थिए । उनी अर्थ समितिको सभापति हुँदा नयाँ स्टक एक्सचेन्जको अनुमति रोक्नका लागि उजुरी परेको थियो ।
अर्थसमितिले स्टक एक्सचेन्जको लाइसेन्स रोक्न निर्देशन पनि दियो । तर एक बर्षभन्दा बढी समय उजुरीउपर सुनुवाइ नगरी अन्तिममा दीपक भट्टको सेटिङमा नयाँ स्टक एक्सचेन्ज दर्ता गर्नका लागि बाटो खुल्ला गर्ने निर्णय गरेका थिए । जसमा सभापति चालिसे, एमाले र माओवादीका समेत केही टाठाबाठाहरुलाई दीपक भट्टले दररेट नै बुझाएको चर्चा भएको थियो ।
भारत र चीन जस्ता बिशाल अर्थतन्त्र भएका देशमा २–२ वटामात्र स्टक एक्सचेन्ज छन् । तर नेपालजस्तो सानो देशमा एउटै स्टक एक्सचेन्जलाई पर्याप्त बजार नभएको अवस्थामा अर्काे स्टकको अनुमति दिनु नहुने पक्षमा अर्थसमितिमा रास्वपाका डा. स्वर्णिम वाग्लेले नोट अफ डिसेन्ट नै लेखेका थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend