काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा गएको भदौ २४ गते देशका बिभिन्न कारागारमा आगजनी गरी भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिन र लुटिएका हतियार फिर्ता लिन विशेष अपरेसन चलाउने बताएका छन् ।
उनले लुटिएका हतियार फिर्ता गर्न र भागेका कैदीबन्दीलाई कारागारमा फर्कन पटक–पटक गरेको आग्रहलाई अटेर गरिएकाले अब सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका हुन् ।
शनिबार काठमाडौंमा उद्योग बाणिज्य महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै मन्त्री अर्यालले उक्त अपरेशन सफल बनाउन नागरिकस्तरबाट पनि सहयोगको अपेक्षा गरिएको सुनाए ।
गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा १४ हजार ५४९ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५२१ जना (६५ प्रतिशत) फिर्ता भइसकेको बताए । उनले ५ हजार १०५ जना (३५ प्रतिशत) अझै फरार रहेको उनले जानकारी दिएका छन् ।
‘कैदीबन्दीहरु अहिलेसम्म ६५ प्रतिशत फिर्ता भइसकेको र अझै अझै ३५ प्रतिशत बाहिरै छन्,’ मन्त्री अर्यालले भने–‘हतियार र कैदीहरूलाई फिर्ता गर्न हामीले पटक–पटक सूचना निकाल्यौं, तर अझै धेरै बाहिर हुनुहुन्छ । अब उनीहरुलाई फिर्ता ल्याउन विशेष अपरेशन चलाउँछौं ।’
आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेको र केही जलेको अवस्थामा भेटिएको बताउँदै उनले बाँकी हतियार फिर्ता ल्याउनु चुनौतीपूर्ण रहेको बताएका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend