काठमाडौं । भदौ २४ गतेको जेनजी प्रदर्शनमा राष्ट्रिय सम्पत्ति सिंहदरबार, संंघीय संसद भवन, सर्वोच्च अदालतमा तोडफोड र आगजनी गर्नेमा कलाकारहरुसमेत अग्रपंक्तिमा रहेको खुलिरहेको छ ।
पंचायतकालमा राजाको समर्थनमा कविता लेख्ने साहित्यकार क्षेत्रप्रताप अधिकारीका छोरा अमनप्रताप अधिकारीले भदौ २४ गते संघीय संसद भवनमा आगो लगाएको र नेताहरुलाई गाली गर्दै ‘तेरो देश सकियो’ भनेर सुन्न पनि नसकिने अपशब्द प्रयोग गरेको भिडियो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जुन भिडियो जेनजी प्रदर्शनको डेढ महिना पुग्नै लाग्दा सार्वजनिक भएको छ ।
‘कृपा अनपल्कड शो’का परिकल्पनाकार, रोडिज, को बन्छ करोडपति, ऐना लगायतका कार्यक्रमका निर्देशक अधिकारीले संसद भवन जल्दा खुसी मनाउँदा एउटा नेपालीले तेरो देश जल्यो भन्न सक्छ र भन्ने प्रश्न उठेको छ ।
अधिकारीले टिकटकमा संसदमा आगो लगाएको र खुसी प्रकट गर्दै अपशब्द प्रयोग गरेको भिडियो सामाजिक संजालबाट हटाएका छैनन् ।
जेनजी प्रदर्शनमा राष्ट्रिय सम्पदा, देशको मुख्य प्रशासनिक अड्डा जलाउँदा र ब्यापारीक प्रतिष्ठान, होटल जलाउँदा खुसी हुनेमा अन्य कलाकारसमेत देखिएका छन् । कलाकार दीपकराज गिरी कांग्रेस नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिको घर जलाउन पुगेको तस्वीर सार्वजनिक भएको छ । त्यसो त कलाक्षेत्रकै निश्चल बस्नेतले संसद भवन जल्दा खुसी ब्यक्त गर्दै भिडियो बनाएर सेयर गरेकोमा पनि आमनागरिकले रुचाएका छैनन् । सिंहदरबार जलाइरहेको भिडियोमा संगीतकार चेतन सापकोटासमेत देखिएका थिए ।
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend