काठमाडौं । सिंहदरबार जलाउँदै गर्दा चर्को नारा लगाउने संगीतकार चेतन सापकोटा, संघीय संसद भवन जलेकोमा खुसी भएका कलाकार निश्चल बस्नेत, फुटबलर अमनप्रताप अधिकारीदेखि यूलनेस स्कुल जलाएकोमा हर्षबिभोर भएर युवाहरुसँग सेल्फी लिने क्याप्टेन बिजय लामासम्मका समाजले सेलिब्रेटीका रुपमा लिएकाहरुको सोंच र दिमाग देखेर नेपालका सभ्य नागरिक नै लज्जित हुनुपरेको छ ।
निश्चल बस्नेतले संघीय संसद जलेकोमा खुसी प्रकट गरेको भिडियो सार्वजनिक भइसकेको छ । अमनप्रताप अधिकारीले संसद भवन जलेपछि नेताहरुलाई गाली गर्ने क्रममा देशलाई नै जलाएकोमा खुसी प्रकट गर्दै तिमीहरुको देश जलेर सिद्धियो भन्दै मा..मु. जस्ता सुन्नै नसकिने अश्लील शब्द बोलेको भिडियो आफ्नै टिकटक एकाउन्टमा राखेका छन् । जसले उनको साेंच कति कुहिएको छ भन्ने देखाउँछ ।
राष्ट्रका सम्पदा, भवन जल्दा खुसी हुने, जलाउने सेलिब्रेटीहरुको सोंच र र दिमागलाई लिएर सामाजिक संजालमा चिन्ता प्रकट भइरहेको छ । सामाजिक संजालमा पूर्वराष्ट्रसेवक महादीप पोखरेल लेख्छन्–‘नेपालका अधिकांश सेलेब्रेटीहरुको सोंच ,दिमाग कति कुहिएको छ भन्ने कुरा देश जलिरहँदा तिनीहरुले मनाएको उत्सब देखेर थाहा हुन्छ, जिन्दगीमा एक थान अमेरिकी भिसाको अभिष्ट र रंगीन जिन्दगीको आशमा बाँच्नेहरु यस्तै हुन्छन् ।
‘मलाई मेरो देश चाहियो’ भन्दै कुर्लिने तिब्बतीयन ब्लड र ‘तेरो देश जलेर सिद्धियो’ भन्ने तथाकथित कलाकारहरु २४ गतेको विध्वंसका मुख्य कारक हुन् किन नभन्ने ??
महादीप पोखरेलको फेसबुक स्टाटस

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित...
काठमाडौँ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई पाँच बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend