काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जामन्त्री दीपक खड्का अमेरिका भागेको भनेर झुटो बोलेको पुष्टि भएको छ ।
जेनजी प्रदर्शनका क्रममा गएको भदौ २४ गते जलाइएको बुढानीलकन्ठस्थित घरबाट सोमबार बिहान पूर्व ऊर्जामन्त्री खड्का अमेरिका भागेको अभिब्यक्ति दिएका थिए । खड्का बिदेश गएको समाचार केही अनलाइनले सार्वजनिक गरेपछि गृहमन्त्री अर्यालले पुष्टि नगरी हचुवाका भरमा उनी बिदेश गएको अभिब्यक्ति दिएका थिए ।
अर्यालले आइतबार सार्वजनिक रुपमा खड्का विदेश भागेको अभिब्यक्ति दिएका थिए । गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेका अर्यालले खड्का स्वदेशमै भइरहेको बेला भागेको भनेर सार्वजनिक अभिब्यक्ति दिनुले उनी कतिसम्म हचुवाका भरमा बोल्छन् भन्ने देखाएको छ ।
राज्यसँग पूर्वमन्त्री बिदेश गएको सूचना हुन्छ, तर बुझ्दै नबुझी गृहमन्त्रीले नै झुटो बोल्दा समाजमा त्यसले असर पार्नसक्छ । जेनजी समूहको प्रदर्शनपछि काठमाडौं महानगरका मेयर बालेन साहका कानुनी सल्लाहकार अर्याल गृहमन्त्री भएका थिए । जेनजीको नेतृत्वमा रहस्यमय रुपमा खडा गरिएका सुदन गुरुङको तर्फबाट राष्ट्रपति कार्यालयमा वार्तामा पनि अर्याल नै सहभागी थिए ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend