चितवन । जेनजी प्रदर्शनका क्रममा घाइते भएका बिरामीलाई लक्षित गर्दै राज्यले भैपरी खर्च उपलब्ध गराउन लागेको छ । सोहीअनुसार प्रदर्शनका क्रममा जिल्ला र जिल्ला बाहिर भएका झडपमा परेका जिल्लावासीलाई भैपरी खर्च उपलब्ध गराउन थालिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा भैपरी खर्च र परिचयपत्र वितरणको काम थालिएको छ । कार्यालयले एक सूचना जारी गर्दै प्रदर्शनका क्रममा घाइते भई अस्पतालमा उपचार गराएका बिरामीले टिकट-पुर्जी डिस्चार्ज कागजात-उपचार खर्चको बिल भर्पाई, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल), फोटो दुई थान र घाइतेको नाममा रहेको बैंक खाता खुल्ने चेकको प्रतिलिपि लिएर जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।
परिचयपत्रको अभिलेखमा हस्ताक्षर र औँठाछाप गर्नुपर्ने भएकाले घाइते स्वयम् उपस्थित हुन उहाँले आग्रह गर्नुभयो । यो परिचयपत्र प्राप्त गरेका व्यक्तिले राज्यबाट बिभिन्न किसिमका सुविधा प्राप्त गर्नसक्ने छन् ।
चितवन जिल्ला स्थायी ठेगाना भएर अन्य जिल्लामा घाइते भएकालाई समेत यस कार्यालयबाट भैपरी खर्च र परिचयपत्र वितरण गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा चितवनमा १२३ जना घाइते भएको विवरण कार्यालयसँग छ । गृह मन्त्रालयले चितवनसहित अन्य जिल्लामा भएका घाईतेहरु १४२ जनामा नामावलीसहित भैपरी खर्चबापत रु २० हजारका दरले खर्च पठाएको उहाँले बताउनुभयो ।
प्रदर्शनका घाइतेहरूको नामावली छुटेको अवस्था रहेको भए पुनः गृह मन्त्रालयमा पठाउने गरी काम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । अहिले राज्यले प्रारम्भिक चरणमा भैपरी खर्च र परिचयपत्रको व्यवस्था गरेको जनाउँदै उहाँले जेनजी प्रतिनिधिहरूको उपस्थितिमा दुवै काम गरिने उल्लेख गर्नुभयो । (रासस)
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend