काठमाडौं । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको जारी बैठक स्थगित गरेका छन् । सचिवालयमा अल्पमतमा परेपछि ओलीले अस्वस्थ भएको भन्दै सचिवालय बैठक स्थगित गरेका छन् ।
शुक्रबारदेखि बसेको सचिवालय बैठकमा बोल्ने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’ले पार्टी पुनर्गठनको माग गरेपछि शनिबारको बैठक नै स्थगित गरिएको छ । शुक्रबारको बैठकमा ८ पदाधिकारीले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले संकटको समयमा नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने बताएका थिए ।
१९ सदस्यीय सचिवालयमा ओलीबाहेक उनको पक्षमा ४ जनामात्र देखिएका छन् । बाँकी १४ जना सचिवालय सदस्यहरु पार्टी पुनर्गठनको पक्षमा रहेको बताइन्छ । महासचिव शंकर पोखरेल, सुवास नेम्वाङको निधनपछि मनोनीत गरिएका उपाध्यक्ष गुरुप्रसाद बराल, उपमहासचिवद्वय प्रदीपकुमार ज्ञवाली र बिष्णु रिमालले मात्र उनको पक्षमा देखिएका छन् । अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ पनि पार्टी पुनर्गठनको पक्षमा पुगेका छन् ।
शुक्रबार बोलेका उपाध्यक्षहरुले खरो रुपमा पुनर्गठनको पक्षमा बोलेपछि ओली अल्पमतमा परेका थिए । सचिवालयमा अल्पमतमा परेपछि उनले अस्वस्थताको बहाना बनाएर शनिबारको बैठक नै स्थगित गरेका छन् । सचिवालयमा प्रतिवेदन नै पेश नगरी उनी केन्द्रीय कमिटी बैठक बोलाउने निष्कर्षमा पुगेका छन् । केन्द्रीय कमिटीमा बहुमत देखाउने र नेतृत्व नछाड्ने योजनाका साथ ओली लागेका छन् ।
एमाले–माओवादी एकतापछि ९ सदस्यीय सचिवालयमा अल्पमतमा पर्दा पनि ओलीले कुर्सी भाँच्छु तर नेतृत्व छाड्दिनँ भन्दै अन्ततः पार्टी नै बिभाजित हुन पुगेको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend