Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • पहुँचवालाले हात पारे झुटा विवरण पेश गर्दै सडक विभागको पुरस्कार ?


    बुधबार, साउन २८ २०८२
    2.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सडक विभागले यस बर्ष विभागका कर्मचारीलाई दिएको पुरस्कारमा ठूलो धाँधली भएको छ । पुरस्कार पाउनेहरुले झुटो विवरण पेश गरी पुरस्कार पाएको आरोप छ । यो बर्ष सडक बिभागमा कामका आधारमा भन्दा पहुँचको भरमा पुरस्कार पाएका छन् ।

    गएको साउन २१ र २२ गते काठमाडौंमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको समीक्षात्मक कार्यक्रममा कालीगण्डकी कोरिडोरका आयोजना प्रमुखले झुटो विवरण पेश गरी पुरस्कार पाएको भौतिक सडक बिभाग सम्बद्ध स्रोतले बताएको छ ।

    विभाग स्रोतका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा उक्त आयोजना कार्यालयले सडकमा कालोपत्र गरेको बास्तविक किलोमिटर संख्याको तथ्य लुकाएर गलत विवरण प्रस्तुत गरेको आधारमा पुरस्कृत भएको छ । कालीगण्डकी करिडोर पाल्पादेखि कालीगण्डकीकै जोमसोम कोरोला खण्डका आयोजना प्रमुखले पनि झुटो विवरण पेश गरी पुरस्कार लिएको आरोप छ ।

    उक्त कार्यक्रममा विभागमा सबै आयोजना तथा डिभिजन प्रमुखहरुले आफनो आफनो कार्यालयका प्रगति विवरण पेश गरेका थिए । प्रगति विवरणमा सम्बन्धित कार्यालययहरुले एक वर्षमा हासिल गरेको उपलब्धीको बारेमा चर्चा गरिएको थियो ।

    सडक विभागमा अहिले पुरस्कार पाउनेहरुमध्यकैले प्रायः सबै अवसर पनि लिने गरेको आरोप छ । पुरस्कार पाउनेहरुले जहाँ चाहन्छन्, त्यहीँ सरुवा हुन्छ । विदेश भ्रमणमा पनि उनीहरुले नै पटक–पटक अवसर पाउँछन् । अष्ट्रेलिया गएको एक बर्ष नपुग्दै अमेरिकाको लागि उनीहरु नै मनोनयनमा पर्ने गरेका छन् । एमसीए नेपालको कार्यक्रममा तिनै मनोनीत भएका थिए । असम्बन्धित व्यक्तिलाई अमेरिका लगिंदैछ भनी व्यापक विरोध भएपछि एमसीएको अमेरिकाको मनोनयन रद्द भएको थियो । एमसीएको कार्यक्रममा असम्बन्धित भए पनि पावरकै आधारमा अमेरिका जानका लागि मनोनयनमा परेको समाचार आएपछि त्यो रोकिएको थियो ।

    सडक बिभाग र भौतिक पूर्वाधार मन्त्रालयका माथिल्लो तहका केही कर्मचारीले आफूनिकट व्यक्तिलाई पुरस्कार दिन कोटा नै छुट्याएका थिए । नेपाली कांग्रेसनिकट ट्रेड युनियनको राजनीति गरेका पहुँचवाला डीई सुबोधकुमार देवकोटाले पनि यस बर्ष पुरस्कार पाए । उनी सधैंजसो पुरस्कार पाउने गर्छन् र आजीवन राम्रो ठाउँमा उनको सरुवा हुने गरेको छ ।

    कालीगण्डकी करिडोर(जोमसोम कोरला खण्ड)का ध्रुव झाले झुटो विवरण पेश गरी पुरस्कृत भएका छन् । उनलाई सडक बिभागका उपमहानिर्देशक तथा प्रवक्ता प्रभात झाको सिफारिसमा पुरस्कृत गरिएको आरोप छ ।

    हाकिमहरुको चाकडी गर्ने ढंग पु¥याउन नसक्दा सडक डिभिजन सडक कार्यालय मकवानपुरका प्रमुख गुरुराज अधिकारीले भने यस बर्ष पुरस्कार पाउन सकेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार