काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहनेछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो देखि सुरु भएको बैठक आज पनि जारी रहने पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।
गौतमका अनुसार हिजो गण्डकी, मधेस र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । जसअनुसार हिजोको बैठकमा धारणा राख्ने ४९ जना मध्ये ४६ जनाले अध्यक्ष ओलीको निरन्तरताको माग गरेको दावी ओली निकटको छ । आजको बैठक बिहान ११ बजे देखि सुरु हुनेछ ।
यसअघि बसेको सचिवालय र पोलिटव्यूरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संसोधन सम्बन्धी प्रस्तावमा केन्द्रिय समितिमा छलफल चलिरहेको छ । आज बाँकी केन्द्रीय सदस्यहरुले सो प्रस्तावमा आफ्नो धारणा राख्ने कार्यसुची छ ।
केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटव्यूरो बाहेकका सदस्यहरुले मात्र बैठकमा धारणा राख्न पाउने छन् । उपल्लो कमिटीले आफ्ना आफ्ना कमिटीमा धारणा राखिसकेकोले यो बैठकमा उनीहरुलाई समय उपलब्ध गराइएको छैन्।
हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट, समसामयिक राजनीतिक विषयबस्तु र सरकारको एकवर्षे कार्यकालको उपलब्धी बारे बैठकलाई जानकारी गराएका थिए ।
साथै, उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटव्यूरोबाट पारित भएको विधान संसोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवदेन पेश गर्दै पार्टीमा २८ प्रतिशत सदस्य वृद्धि भएको जानकारी दिएका थिए ।
त्यसमा कतिपय केन्द्रीय सदस्यले लिखित रुपमा पनि धारणाहरु बुझाएका छन् । गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावसहितको एक घोषणा पत्र पनि सार्वजनिक गरिनेछ ।
केन्द्रीय समितीमा बोल्ने अधिकांसले पूर्वराष्ट्रपति बिधादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन नहुने र मिसन ८४ मा अध्यक्ष ओलीको नेतृत्वमा नै जाने पार्टीको यस अघिको निर्णय भइसकेकाले त्यसलाई कार्यन्वयन गरेर जानु पर्ने धारणा राखिरहेको दावी संस्थापन पक्षको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend