काठमाडौं । संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरवारस्थित कार्यालयमा उक्त बैठक बस्नेछन ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अपरान्ह १२ः३० बजेवाट सुरू हुनेछ । जुन बैठकमा कृषकहरुलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा, कृषि अनुदानलाई उत्पादनमुलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धी सम्बन्धमा, कृषिजन्य उत्पादन उखु अलैंची अदुवा कफि चिया सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन सम्बन्धमा र रैथाने कृषिबालीको संरक्षण र विकास सम्बन्धमा छलफल गरिने भएको छ ।
उता, बिधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल दिउँसो २ः०० बजेबाट सुरू हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो २ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिने भएको छ।
साथै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तर्क्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend