Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • आन्दोलनमा बर्बर दमनको बिरोध, सोमबार उपत्यका बन्द घोषणा


    आइतबार, जेष्ठ १८ २०८२
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आइतबारको शान्तिपूर्ण आन्दोलनमाथि भएको दमनको बिरुद्ध सोमबार काठमाडौं उपत्यका बन्द घोषणा गरेको छ ।

    समितिले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको बर्बर दमनको घोर भत्सर्ना गरेको छ । शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेकोमा समितिले निन्दा गरेको छ ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरी हिरासतमा भेट्न जाने क्रममा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दिपक सिंहलाई संसदीय मर्यादाविपरीत प्रहरीले हिरासतमा लिएबाट यो सरकार लोकतन्त्र र संसदीय परम्पराको बर्खिलाफ रहेको प्रमाणित भएको समितिको विज्ञप्तिमा उल्लेख छ ।

    संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ–‘संविधानप्रदत्त अधिकार उपयोग गर्ने क्रममा प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, सांसद दीपक सिंहलगायत हाम्रा सबै आन्दोलनकारी सहयोद्धाहरुलाई तत्काल रिहा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।

    सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरुलाई आह्वान गर्दछु ।

    प्रहरी दमनको क्रममा घाइते भएका सबै मित्रहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार