काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आज शान्तिवाटिका रत्नपार्कमा गीत संगीतको कार्यक्रम प्रस्तुत गर्ने भएको छ । जनताको चाहनाबमोजिम जारी शान्तिपूर्ण आन्दोलनलाई निर्णायक तहमा लैजान आज शान्ति वाटिकामा रत्नपार्कमा गीतसंगीतको कार्यक्रम राखिएको संयुक्त जनआन्दोलन समितिको सचिवालयले जनाएको छ ।
सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–‘जनताको निस्वार्थ साथ, सहयोगले संयुक्त जनआन्दोलन समितिको आह्वानमा शान्तिपूर्ण जनआन्दोलन पूर्ण सफलताका साथ जारी छ । जनताको समर्थनमा आन्दोलन उत्कर्षमा पुग्ने अवस्थाबाट अत्तालिएको सरकारले निषेधाज्ञा जारी गरेको छ ।
जनताको चाहन बमोजिम जारी शान्तिपूर्ण आन्दोलनलाई निर्णायक तहमा लैजान आज जेठ १७ गते शान्ति बाटीका, रत्नपार्कमा दिनको १ बजे भेटौं ।
शनिबार बिदाको दिन, सहभागीह?को सुझाव समेत मध्यनजर गरेर आज ख्यातीप्राप्त कलाकारहरुले गीत संगीतको कार्यक्रम प्रस्तुत गर्नु हुने जानकारी गराइन्छ ।’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend