Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राजावादीले आज शोक मनाउने, आन्दोलन र धर्ना कार्यक्रम नगर्ने


    सोमबार, जेष्ठ १९ २०८२
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संयुक्त जनआन्दोलन समितिले आज आन्दोलन र धर्ना कार्यक्रम नगर्ने भएको छ  । समितिका संयोजक नवराज सुवेदीले सोमबार विज्ञप्ति जारी गरी आज शोकको दिन भएकाले धर्ना र आन्दोलन नगर्ने जनाएका छन् । आज शोक मनाउने र जनआन्दोलनका कार्यक्रमहरुको बारेमा पुनः जानकारी गराउने विज्ञप्तिमा उल्लेख छ ।

    ‘आज जेठ १९ गते, श्री ५ महाराजाधिराज वीरेन्द्र तथा श्री ५ बडामहारानी ऐश्वर्य लगायत राजपरिवारका सदस्यहरुको हृदयविदारक देहवसान भएको सबै नेपालीको लागि शोकको दिन हो । त्यसर्थ शोकको दिनमा जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु केही नगरी आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुन आन्दोलनकारी तथा सर्वसाधारण जनसमुदाय सबैलाई हार्दिक अनुरोध गर्दछौं ।’ समितिको विज्ञप्तिमा उल्लेख छ ।

    तत्कालीन राजा स्व. वीरेन्द्रको बंशनाश भएको आज २४ बर्ष बितेको छ । २०५८ जेठ १९ गते वीरेन्द्रको नारायणहिटी दरबारमै बंशनाश गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार