सर्लाही । सर्लाहीको मलङ्वा भन्सार कार्यालय परिसरमा वैशाख २९ गते दिउँसो भएको एक विवादास्पद घटनाले सशस्त्र प्रहरी बलको आन्तरिक अनुशासन, नेतृत्व शैली र पेशागत आचरणप्रति गम्भीर प्रश्न उठाएको छ ।
सीमा सुरक्षा गुल्म टावर चौकका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) सुमन ढुंगानाले आफ्ना मातहत वरिष्ठ सहायक हवल्दार उद्धव चौलागाईंलाई सार्वजनिक स्थानमै बुटले प्रहार गरेका हुन् । चौलागाईं सो समय ड्युटीमा थिए भने ढुंगाना सिभिल ड्रेसमा थिए । प्रत्यक्षदर्शीहरू र भन्सार कार्यालयका कर्मचारीहरूका अनुसार, घटनाले सुरक्षाकर्मीहरूमा नैतिक गिरावट र अनुशासनहीनताको गहिरो संकेत दिएको छ ।
के भएको थियो ?
सर्लाहीको मलङ्वा नगरपालिका –२ का वडाध्यक्ष धिरेन्द्र साह भन्सार कार्यालयमा प्रवेश गर्दा ड्युटीमा रहेका हवल्दार चौलागाईंले सुरक्षा प्रक्रिया अनुसार इन्ट्री गर्न आग्रह गरे । सोही सामान्य कार्यको कारण विवाद सुरु भयो र डिएसपी ढुंगानासमक्ष जानकारी पुग्यो । घटनास्थलमा पुगेका डिएसपीले विवाद समाधान गर्नुको सट्टा चौलागाईंमाथि सर्बजनिक रूपमा बुट प्रहार गरे ।
डिएसपी सिभिल ड्रेसमै थिए, जुन सुरक्षाकर्मीहरूको आचरण निर्देशिकाविपरीत हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, घटनापछि उपस्थित सुरक्षाकर्मीहरू र स्थानीयबासी बीच तनाव सिर्जना भएको थियो ।
भन्सारका एक कर्मचारीले नाम नखुलाउने शर्तमा भने–‘ड्युटीमा रहेका हवल्दारमाथि यसरी सिभिल ड्रेसमै आएर सबैको अगाडि कुटपिट गर्नु अत्यन्तै आपत्तिजनक हो । यस्तो घटना सुरक्षा निकायकै गरिमामाथि चोट हो ।’
ढाकछोपको प्रयास
घटनालाई दबाउन सुरक्षा निकायभित्रै प्रयास गरिएको देखिन्छ । डिएसपी ढुंगानामाथि कुनै कारबाही नहुने तर उल्टै पीडित सहायक हवल्दार चौलागाईंलाई सरुवा गरेर दरबन्दी भएको ठाउँमा पठाइएको छ । चौलागाईं भन्छन्–‘मैले कुनै गल्ती गरेको थिइनँ, तर पनि मलाई सार्वजनिक ठाउँमा आएर बुट प्रहार गर्नुभयो, त्यसपछि सरुवा पनि गरियो । हाकिमसँग पावर र पहुँच भएकाले उहाँलाई केही कारबाही भएन । अब म न्याय खोज्न कहाँ जाऊँ ?!
पहिले पनि विवादमा परेका थिए डिएसपी
डिएसपी ढुंगानाविरुद्ध यसअघि पनि विवादित गतिविधिहरूको आरोप लाग्दै आएका छन् । स्थानीयहरूले तस्करी नियन्त्रणको नाममा अनधिकृत रकम असुली, केही व्यक्तिलाई ‘घुमुवा’ बनाएर सूचना संकलनको नाउँमा आर्थिक लेनदेन गरिने जस्ता क्रियाकलापमा संलग्न रहेको आरोप लगाएका छन् ।
भारतको सोनबर्षाबाट ल्याइने घरायसी उपभोग्य वस्तुहरूसमेत नियन्त्रणमा लिई भन्सारमा दाखिला गराउने क्रम बढेको छ । भन्सार कर्मचारीका अनुसार, ती वस्तुहरूको मूल्यांकन पनि वास्तविकभन्दा अत्यधिक गरिँदैछ, ‘सामान्य तेल, साबुन, मसला जस्ता सामग्रीमा समेत उच्च मूल्य निर्धारण गरिन्छ’ उनले भने ।
जेठ १२ गते मंगलवार डिएसपी ढुंगानाले नवलपुर–मलङ्वा चल्ने एक सार्वजनिक बसलाई गमहरियामा चेकजाँचको नाममा झण्डै एक घण्टा रोके । त्यसपछि यात्रु र स्थानीयबासीहरूले यसप्रति असन्तुष्टि जनाउँदै प्रतिकार गरेका थिए । बसबाट करिब ५ किलो चिनी बरामद भएको बताइएको छ, जुन सामान्य घरायसी प्रयोगको थियो । स्थानीयको भनाइमा, ‘सामान्य चिनीका लागि यात्रुलाई यसरी सास्ती दिने व्यवहार औचित्यहीन छ ।’
एकतर्फ सुरक्षाकर्मीको आन्तरिक अनुशासन, अर्कोतर्फ सशस्त्र प्रहरी नेतृत्वको रवैया— दुबैको पुनरावलोकन आवश्यक देखिन्छ । सार्वजनिक स्थानमा एक इमानदार ड्युटीमा रहेका सुरक्षाकर्मीलाई अपमानित गर्दै कुटपिट गर्नु कुनै पनि हिसाबले उचित ठहर्दैन ।
घटनाबारे निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउने काम राज्यको दायित्व हो ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend